२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अनुसन्धानमा प्रविधिको प्रयोग बढाउनुपर्छ : गृहमन्त्री

२०७६, ६ जेष्ठ सोमबार १४:०९

जेठ ६, काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले अनुसन्धानमा प्रविधिको प्रयोग बढाउन आवश्यक रहेको बताउनुभएको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा आज आयोजित ‘रणनीतिक तथा नेतृत्व विकास तालीम’को समापन कार्यक्रममा उहाँले विज्ञान प्रविधिको प्रयोग गरी आपराधिक घटना बढिरहेकाले त्यसलाई निस्तेज पार्न अनुसन्धानमा पनि प्रविधि प्रयोग बढाउनुपर्ने बताउनुभएको हो । 

“अपराधीले प्रविधिको उच्च प्रयोग गर्दै आपराधिक क्रियाकलाप गर्दै आएका र त्यस्ता आपराधिक गतिविधिलाई निस्तेज गर्न प्रविधिको विकास गर्दै प्रविधिसम्बन्धी ज्ञान तथा सीपलगायतका विषयहरु तालीममा समावेश गर्नुपर्छ,” उहाँले भन्नुभयो । उच्च प्रविधिको ज्ञान सँगसँगै सुरक्षाका जिम्मेवारीलाई वहन गर्न इमान्दारी र अनुशासन अनिवार्य रहेको उहाँको भनाइ थियो ।

 गृहमन्त्री थापाले तालीमबाट प्राप्त नेतृत्व विकाससम्बन्धी सिद्धान्त तथा विविध ज्ञानले देश र जनताको सुरक्षामा महत्वपूर्ण योगदान मिल्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले देशको अर्थतन्त्रको रक्षा र विकास गर्न आर्थिक अपराधमा संलग्न तस्कर, भ्रष्टाचारीलाई नियन्त्रण एवं निस्तेज पार्न जरुरी रहेको बताउनुभयो । 

गृह मन्त्रालयका सचिव प्रेमकुमार राईले राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीहरुमा निखार ल्याउनका लागि तालीम सञ्चालन गरिएको उल्लेख गर्दै आउँदा दिनमा यस्ता तालीमलाई निरन्तर रुपमा सञ्चालन गरिने जानकारी गराउनुभयो ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले मुलुकमा सीमावर्ती अपराध, प्रविधिको दुरुपयोगबाट सिर्जित अपराध एवं राष्ट्रिय सुरक्षाका विषयमा विभिन्न चुनौतीको सामना गर्न सबै सुरक्षा संयन्त्रले एकिकृत रुपमा समन्वय गर्दै कार्ययोजना निर्माण गर्न आवश्यक रहेकामा जोड दिनुभयो ।

तालीममा राष्ट्रिय अनुसन्धान विभागका सात सह–अनुसन्धान निर्देशक र १८ उप–अनुसन्धान निर्देशकको सहभागिता रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ