२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

उखु किसानकोे रिले अनशन तोडियो

६ जेष्ठ २०७६, सोमबार १५:५७

 जेठ ६, सर्लाही । उखुको रकम भुक्तानी माग गर्दै रिले अनशनमा बसेका उखु किसानले अनशन तोडेका छन् । सम्पूर्ण बक्यौता रकम आगामी असोज मसान्तभित्र उद्योगले दिने निर्णय गरेपछि किसानहरुले अनशन तोडेका हुन् ।

बिक्री गरेको उखुको भुक्तानी दिन उद्योगले आलटाल गरेपछि आइतबारदेखि किसानहरु सदरमुकाम मलङ्गवाको शहीद पार्कमा रिले अनशनमा बसेका थिए । आज साँझ जिल्ला प्रशासन कार्यालयमा उखु किसान र उद्योगीबीच भएको वार्तामा किसानको बाँकी रहेको रकम चार महीनाभित्र दिने सहमति गरिएको छ ।

 प्रजिअ द्रोण पोखरेलको रोहवरमा गरिएको वार्तामा अन्नपूर्ण सुगर मिल्स धनकौलमा मौज्दात रहेको चिनी र मोलासिस बिक्री गरेको रकममध्ये ८५ प्रतिशत रकम पहिले उखु बिक्री गर्ने किसानलाई दिनुपर्ने, विगत वर्षको भुक्तानी दिन बाँकी रहेको रु १२ करोड ५० लाख असार मसान्तभित्र दिनुपर्ने, राज्यबाट प्रदान गरिने ६५ रुपैयाँ २८ पैसा अनुदान रकम यही जेठ मसान्तभित्र किसानको खातामा पठाउनुपर्ने, किसानको खातामा जम्मा गर्ने रकम र सो बमोजिमको विवरण तथा भरपाई १५–१५ दिनमा कोष तथा लेखा नियन्त्रक कार्यालयमा उपलब्ध गराउनुपर्ने निर्णयमा दुवै पक्षबीच सहमति भएको बताइएको छ ।  

त्यसैगरी चिनी बिक्री वितरणमा सबैले सहयोग गर्ने र अवरोध गर्नेलाई कारवाही गर्ने निर्णय पनि गरिएको प्रजिअ पोखरेलले जानकारी दिनुभयो ।  पहिले उखु बिक्री गरेका किसानलाई पहिले भुक्तानी र पछि उखु बिक्री गर्नेलाई पछि भुक्तानी दिने र कसैको दबाब वा प्रभावबाट भुक्तानीमा तलमाथि गर्नेलाई पनि कारवाही गरिने निर्णय भएको उहाँले बताउनुभयो ।  

किसानका मागमा उद्योगीले सहमति जनाएपछि अनशन तोडिएको आन्दोलनको नेतृत्व गर्दै आउनुभएको राष्ट्रिय जनता पार्टी नेपालका सह–महामन्त्री राकेश मिश्रले जानकारी दिनुभयो । वर्तामा भएको सहमतिअनुसार किसानले भुक्तानी नपाए असोजपछि फेरि आन्दोलन गर्ने चेतावनीसमेत उहाँले दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की