२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदी विमानस्थलमा यमनी विद्रोहीको ड्रोन आक्रमण

२०७६, ७ जेष्ठ मंगलवार ०८:५२

जेठ ७, साना । यमनका हुथी विद्रोहीहरुले साउदी अरेबियाको सीमावर्ती शहर नजरानस्थित नजरान सैनिक बिमानस्थलको हातहतियार भण्डारणमा ड्रोन आक्रमण गरेका छन् ।

हुथी विद्रोहीद्वारा सञ्चालित अल–मासिराह टेलिभिजनले कासिफ–के२ ड्रोनबाट गरिएको आक्रमणबाट हतियार भण्डारमा आगो लागेको दाबी गरेको छ । 

यसैबीच साउदी समर्थित गठबन्धनका प्रवक्ता कर्णेल टुर्की अल–मलेकीले बिस्फोटक पदार्थ बोकेको ड्रोनबाट नजरान बिमानस्थललाई लक्षित गरी आक्रमण भएको बताउनुभयो । 

 साउदी अरेबियाले पश्चिमी शहरहरु जेद्दाह र ताइफलाई लक्षित गरिएका ब्यालेस्टिक क्षेप्यास्त्रहरु ध्वस्त बनाएको दाबी गरेकै भोलिपल्ट नजरानमा हुथी विद्रोहीबाट ड्रोन आक्रमण भएको हो । 

हुथी विद्रोहीहरुले यमनमा युद्ध भडकिएदेखि नै साउदी अरेबियाका विभिन्न शहरहरुलाई लक्षित गरी आक्रमण गरिरहेका छन् । 

आइतबार, इरान समर्थित हुथी विद्रोहीहरुले साउदी अरेबिया र संयुक्त अरब इमिरेट्समा रहेका ३०० वटा महत्वपूर्ण सैनिक ठेगानाहरुमा आक्रमण गर्ने चेतावनी दिएको छ । हुथी विद्रोहीले साउदी गठबन्धनले यमनमा आक्रमण गर्न छाडेमात्र आफूहरुले पनि आक्रमण रोक्ने बताएका छन् । रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ