४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बाग्लुङबासी सडकमानै सुते

१९ भाद्र २०७२, शनिबार ०२:४३

baglung-1

]भदौ १९, बाग्लुङ । लगातारको बन्द झेलिरहेको बाग्लुङमा आन्दोलन चलिरहेको अबस्थामा हरेका दिन बाग्लुङबासीले आन्दोलनलाई शशक्त र परिमार्जन गर्दै लगेका छन् ।

विहिबार १ सय ३५ किमि लामो मानब साङ्गो, शुक्रवार अर्धनग्न जुलुस निकाली अखण्ड बाग्लुङ जिल्लाको माग गरेका बाग्लुङबासील शनिबार सडकमानौ सुतेर अखण्ड बाग्लुङको माग गरेका हुन ।

प्रमुख दलहरुले सीमांकन सहितको ७ प्रदेश बनाउने क्रममा बागलुङ जिल्लालाई दुई प्रदेशमा टुक्राएको भन्दै बागलुङमा सडकमै सुतेर आन्दोलन गरेका हुन्। १४ औ दिन देखि हुदै आएको प्रदर्शनमा शनिबार पनि राजनैतिक दल, बुद्धिजिवी, महिला, शिक्षक, बिद्यार्थी लगाएत हजारौ सर्वसाधारण सहभागीतामा बागलुङ बजारमा विच सडकमा सुतेर आन्दोलन गरेका हुन् ।

बागलुङ जिल्लाको पूर्वी भाग एक प्रदेश र पश्चिम गल्कोट सहित ढोरपाटन क्षेत्रलाई अर्को प्रदेशमा बिभाजन गरिएको भन्दै अनिश्चितकालीन बन्दका क्रममा शनिवार विहान सदरमुकामा प्रर्दशन गरिएको हो । जिल्लाका क्रियाशिल राजनैतिक दल, तिनका भातृ सघंसस्थाका र सर्वसाधारणहरु अखण्ड बागलुङको माग गर्दै दबाब स्वरुप विच सडकमानै सुतेर आन्दोलन गरेको बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष बसन्त कुमार श्रेष्ठले बताए ।

राजनितिक दल, उद्योगी बाणिज्य सघं, गैरसहकारी संस्था, लगाएतले बागलुङ बचाउन अभियान स्वरुप आन्दोलन गर्दै आएका छन । आन्दोलन सहित गरिएको १४ दिनदेखीको बन्दले बागलुङका उद्योग धन्दा, कलकारखाना, यातायात बैक तथा बित्तिय संस्था, शैक्षिक क्षेत्र ठप्प भएका छन । जिल्लामा भएको आन्दोलनमा अप्रिय घटना हुन नदिन प्रहरीले सुरक्षा व्यवस्था प्रभावकारी बनाएको छ ।

लगातारको बन्दको सास्ती बेहोरेका बाग्लुङबासीले आन्दोलनलाई सशक्त बनाउदै लगेको अबस्थामा शुक्रबार बुर्दिवाङ क्षेत्र खुला भएको थियो । लगातारको बन्दका कारण उद्योगधन्दा कलकारखाना, शैक्षिक संस्था, बैक तथा विद्यालय बन्द हुदाँ बाग्लुङको जनजिवन निकै कष्ठकर भएको थियो ।

जनजिवन कष्ठकर बन्दै गएपछि आज आइतबार देखि बजार खुल्ला गरिने बताइएको छ । लगातारको बन्दका कारण खाद्यन्न तथा अन्य क्षेत्रमा अभाव तथा सर्वसाधरणको दैनिकीमा ठूलो असर पुगेको भन्दै आन्दोलनका कार्यक्रमलाई शशक्त बनाउँदै बजार खुला राख्ने निर्णय भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ