२१ पुष २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

ज्ञानकुन्ज वोर्डिङको आयोजनामा शिक्षा क्षेत्रमा योगदान पुर्याउनेलाई सम्मान

२९ भाद्र २०७२, मंगलवार ०५:५७

gyankunja_samman

कमल पौडेल । भदौ २९, बागलुङ (खर्वाङ) । बडागाउँ ज्ञानकुन्ज वोर्डिङ स्कुल वडा गाउँ गुल्मीको आयोजनामा आइतवार खुल्ला तिजिगित प्रतियोगिता सम्पन्न भएको छ । कार्यक्रममा जिल्ला शिक्षा कार्यालय गुल्मीका विद्यालय निरिक्षक पिताम्वर पन्थी ले विद्यार्थीहरुलाई शैद्धान्तिक ज्ञान संगै संस्कृति सिकाउनु पर्ने वताउनु भएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै पन्थीले संस्कृतिले देशलाई चिनाउने भन्दै संस्कृति तर्फ उन्मुख हुन सवैलाई आग्रह गर्नुभयो । कार्यक्रममा शिक्षा क्षेत्रमा योगदान पुर्याएको भन्दै विद्यालय निरिक्षक पिताम्वर पन्थी, श्रोत व्याक्ति चुरा छन्त्याल, पत्रकारीता मार्फत शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै पत्रकार कमल पौडेल, रामनारायण सुवेदी तथा लक्ष्मी पौडेल, लगाएत वडागाउँ श्रोत केन्द्र व्यावस्थापन का लागी सहयोग गर्ने चन्दादाता र कार्यक्रममा सहयोग गर्ने सहयोग दातालाई पनि सम्मान गरिएको थियो ।

आठ समुहको सहभागिता रहेको खुल्ला तिजिगित तथा नृत्य प्रतियोगीतामा नवदिप युवा क्लव वडागाउँ ४ पेंगा गुल्मी प्रथम, ताराखसे युवा क्लव वामी मालारानी द्धितिय तथा जुनतारा युवा क्लव पौंदि अमराई गुल्मी तृतिय भएका छन् । कार्यक्रम बोर्डिङ संचालक समितिका सदस्य हुतानन्द घिमिरेको अध्यक्षता शिक्षक रविन वि.क.को स्वागत मन्तव्य तथा असोक सोमैको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रममा प्रिन्सीपल बसन्त अधिकारीले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो ।
(तिजिगितकार्यक्रममा सम्मान गरिएका फोटोहरु तथा प्रमुख अतिथि सम्बोधन गर्दै)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पर्वतको पीपलटारीमा ग्याँसको रेगुलेटर लिक हुँदा १ जनाको मृत्यु, २ घाइते मनाङेको मुद्दामा फैसलाको पूर्णपाठ सार्वजनिक, दुई वर्ष चार महिना कैद बस्नुपर्ने(पूर्णपाठ) युट्युबर मनोज मानव फेरि पक्राउ ‘पूर्ण बहादुरको सारंगी’को सफलतापछि निर्देशक पौडेलले घोषणा गरे नयाँ फिल्म भारतमा हेलिकप्टर दुर्घटना, कम्तीमा ३ जनाको मृत्यु के हो चीनमा देखिएको ‘एचएमपिभी’ भाइरस, कति खतरनाक, कसरी बच्ने? छोराको हत्या आरोपमा ७९ वर्षीय बाबु पक्राउ मोरङ कारागारमा सजाय काटिरहेका कैदीको मृत्यु एक हप्ताअघि घरबाट भागेका १७ वर्षीय युवायुवती जङ्गलमा मृत फेला रास्वपाले गठन गर्‍यो संविधान परिमार्जन सुझाव कार्यदल नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइत पुरस्कृत जय ट्रफी : दुबै खेल जारी, पुलिस र मधेसको राम्रो सुरुवात माओवादी स्थायी समिति बैठक सकियो, के के एजेन्डा तय भए? सर्वेन्द्र खनालप्रति गोकुल बास्कोटाको कटाक्ष :आफ्नो स्वार्थका लागि आएकाहरू लाभ लिएर गए काठमाडौँको होटेलमा युवती मृत घटना : फरार युवक पनि झुन्डिएको अवस्थामा फेला आज आइतबार घट्यो सुनको मूल्य, तोलाको कतिमा हुँदैछ करोबार? खराब मौसमका कारण जय ट्रफी क्रिकेट प्रभावित, टस पनि हुन सकेन दीपेन्द्र, रोहित, आसिफसहित यी खेलाडीले गुमाउने छन् एलिट कप, किन? बिरामले तेजिलो देखिएका बालकलाई समाजले ‘भाइरल’ बनाएर गरिरहेको अपराध रुसका लागि श्रम स्वीकृति छिटै खुला गर्छौं : मन्त्री भण्डारी