२६ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुलामा विद्युतीय हाजिरीमार्फत शिक्षकको निगरानी

११ जेष्ठ २०७६, शनिबार ०६:२९

जेठ ११ दार्चुला । जिल्लाका अधिकांश विद्यालयमा अहिले विद्युतीय हाजिरी जडान गरिएको छ । माध्यमिक तहका विद्यालयमा विद्युतीय हाजिरीमार्फत शिक्षकको निगरानी बढाउन विद्युतीय(ई) हाजिरी जडान गरिएको हो । 

विद्युतीय हाजिरी जडान गरिएपछि नियमित विद्यालय नआउने तथा राजनीतिमा संलग्न हुने शिक्षकले समेत नियमित विद्यालय आउनुपरेको छ । ई–हाजिरी जडान गरेपछि विद्यालयमा शिक्षको उपस्थिति नियमित देखिन थालेको सरस्वती मावि सेलिचामाका विद्यालय व्यवस्थापन समिति अध्यक्ष हिरासिंह धामीले बताउनुभयो ।

 विगतमा ई–हाजिरी नहुँदा शिक्षक एकै पटकमा बिदा बसेको समयको पनि हाजिरी लगाउने  परम्परा थियो । अहिले ई–हाजिरीले शिक्षकको उपस्थिति निगरानी गर्न सहज भएको छ । मालिकार्जुन गाउँपालिकाले चालू आर्थिक वर्षमा गाउँपालिकाभरिका चार माध्यमिक विद्यालयमा ई–हाजिरी जडान गरेको छ । अहिले नमूनाका रुपमा केही विद्यालयमा मात्रै ई–हाजिरी जडान गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत दशरथ भट्टले जानकारी दिनुभयो ।

 मालिकार्जुनमा ११ माध्यमिक विद्यालय छन् । चालू वर्षमा बजेट पनि कम छु्ययाइएका कारण चार विद्यालयमा मात्र जडान गरिएको छ । गाउँपालिकाले निलेपातेश्वर मावि भर्तोला, सरस्वती मावि सेलिचामा, शङ्करपुर मावि पस्तीमा ई–हानिरी जडान गरिएको र मालिकार्जुन मावि मडमा जोड्ने तयारी रहेको भट्टले बताउनुभयो । 

महाकाली नगरपालिकाले सबै माध्यमिक विद्यालयमा विद्युतीय हाजिर जडान गरेको छ । विद्युतीय हाजिरी जडान गरेपछि शिक्षकको नियमित उपस्थिति बढेको राष्ट्यि मावि दत्तुका प्रधानाध्यापक राजेशसिंह सामन्तले जानकारी दिनुभयो । नौगाड गाउँपालिकाले गतवर्ष नै सबै विद्यालय, स्वास्थ्य संस्था, गाउँपालिका कार्यालयमा विद्युतीय हाजिरी जडान गरेको छ । 

विद्युतीय हाजिरीले कर्मचारीको कामको मूल्याङ्कन गर्न सजिलो हुने हुँदा प्राथमिकताका साथ ई हाजिरी जडान गरिएको गाउँपालिका अध्यक्ष प्रेमसिंह धामीले बताउनुभयो । 

पछिल्लो समय जिल्लाका सबै स्थानीय तहले प्रविधि भित्र्याउन थालेका छन् । स्थानीय तहबीच विद्युतीय हाजिरी, सिसी क्यामरा जडानदेखि डिजिटल नागरिक बडापत्र राख्ने काम चलेको छ । कार्यालयबाहिर डिजिटल बडापत्रमार्फत गाउँपालिकाका गतिविधि देखाउने काम गरिएका बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला