२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रीमानप्रति गायिका लामाको आरोप – ‘अस्पताल लगेर पाठेघर फाल्न लगाए’

२०७६, १३ जेष्ठ सोमबार ०८:१५

जेठ १३, काठमाडौँ | गायिका सरस्वती लामाले आफ्नो श्रीमान धनबहादुर लामाले ज्यान मार्ने धम्की दिइरहेको खुलासा गरेकी छिन् । आफ्नो ज्यान खतरामा रहेको भन्दै लामाले कुनै पनि बेला आफु मारिन सक्ने भन्दै जीवनरक्षाका लागी पनि आग्रह गेरेकी छिन् ।

आज संवाद चौतारीमा पत्रकार सम्मेलन गर्दै लामाले आफुलाई श्रीमान धनबहादुर लामाले झुटो आरोप लगाएर दु:ख दिइरहेको बताइन् । यस अघि उनका श्रीमान धनबहादुर लामाले श्रीमती सरस्वतीले एक करोड ६ लाख ठगि गरेको आरोप लगाए पछि पत्रकार सम्मेलन गर्दै त्यसको प्रतिवाद गरेकी छिन् ।

आफुले उक्त रकम ठगि गरेको भए प्रमाण सहित आउन पनि सरस्वतीले चुनौती दिएकी छिन् । ६ बर्ष अघि देखिनै श्रीमानसँगको सम्बन्ध विग्रिएको बताउँदै आफुले डिभोर्स मागेका कारण गलत आरोप लगाएर आफुलाई बदनाम गराउँन खोजिएको बताइन । 

११ बर्ष अघि धनबहादुर लामासँग विवाह गरेर आफू पनि लामा भएको तर आजबाट आफ्नो परिचय सरस्वती लामा नभएर सरस्वती भुजेल भएको समेत उनले बताइन् । विवाह गरेको केहि बर्ष पछि श्रीमान धनबहादुर लामाले अस्पताल लगेर अप्रेसन गरि पाठेघर फाल्न लगाएर आफ्नो बच्चा नहुने बनाएको पनि सरस्वतीले खुलासा गरिन् । एक करोड आम्दानीनै नभएको मान्छेको एक करोड मैले कसरी ठग्न सक्छु, भन्दै लामाले अहिले आफ्नो प्रगती देखेर बदनामी गर्न खोजिएको बताइन् ।

गायिका: सरस्वती लामा  / फेसबुकबाट लिईएको तश्वीर

६ बर्ष अघि नै बिग्रिएको सम्बन्ध किन अहिलेसम्म बाहिर ल्याउनु भएन भन्ने पत्रकारहरुको प्रश्नमा सरस्वतीले घरायसी कुरालाई किन बाहिर ल्याउँनु भनेर आफू चुप लागेर बसेको तर धनबहादुरनै आफ्नो बदनाम गराउँन मिडिया बाजी गर्न थालेपछि आफू बाध्य भएर यथार्थ कुरा राख्न मिडियामा आएको बताइन् ।

आफ्नो सम्बन्धको बारेमा नानाथरी आरोप लगाउँदै चरित्रहत्या गर्न खोजिएको भन्दै उनले श्रीमान धनबहादुरले लगाएका सबै आरोप पुष्टि गर्न चुनौती दिएकी छिन् । 'एक करोड दिने भए दे नदिने भए मिडियामा गएर बेइजत गर्दिन्छु' भन्दै आफुलाई पटक पटक ब्याल्क मेल गर्ने काम भइरहेको उनको जिकिर थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा