२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोटमा अतिक्रमण गरी बनाइएका टहरा भत्काइए

२०७६, १३ जेष्ठ सोमबार १२:०६

जेठ १३, विदुर । नुवाकोटको विदुर नगरपालिका–२ स्थित जिल्ला प्रशासन कार्यालय नजीक रहेको सरकारी जग्गामा बनाइएका टहराहरु आज डोजर लगाई भत्काइएको छ । विदुरस्थित वनदेवी सामुदायिक वनका नेपाल सरकारको स्वामित्वको जग्गा अतिक्रमण गरी केही व्यक्तिले  विनाइजाजत अवैध तरिकाले घरटहरा निर्माण गरी बसोवास गर्दै आइरहेका थिए । 

अतिक्रमण गरी निर्माण गरिएका घरटहरा  अवैधरुपमा व्यापार–व्यवसाय गर्नेहरुले  पटक पटकको आग्रहलाई नटेरेको डिभिजन वन कार्यालय नुवाकोटले जनाएको छ । सो कार्यालयले वनको क्षेत्र वरिपरि अतिक्रमण गरेका चार किल्लाभित्रका घरटहरा चलाउनेलाई हटाउन दश दिनको सूचना प्रकाशन गरेको थियो ।  दश दिन बितिसक्दा पनि अटेर गरी बसेकाले आज जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरीको संयुक्त समन्वयमा अवैध टहरा डोजर लगाई भत्काइएको डिभिजन वन कार्यालयले जनाएको छ ।


सो कार्यालयका अनुसार आज टहरा मात्र भत्काइएको छ ।  बाँकी पक्की घरको केही व्यक्तिका लालपुर्जा भएका र केहीका नभएकाहरुलाई उच्च अदालतले हाल भत्काउन रोक्नू भन्ने आदेश दिएकाले ती घर १५ दिनका लागि भत्काउन रोकिएको डिभिजन वन कार्यालय नुवाकोटका निमित्त अधिकृत राजकुमार यादवले बताउनुभयो । यादवले पहिला नै ती अवैध टहरा र घरबारे फैसला भइसकेको तर फेरि श्रीमतीका नाममा अदालतमा मुद्दा हाली झुक्काउन खोजेको बताउनुभयो । 

वन ऐन, २०४९ को दफा १७ अनुसार राष्ट्रिय वनमा कुनै पनि व्यक्तिलाई हक वा सहुलियत प्राप्त नहुने भएकाले अतिक्रमित कार्य वन ऐन, २०४९ को दफा ४९ को उपदफा (क)  विपरीतको कार्य भएकाले  वन क्षेत्र अतिक्रमण गरी निर्माण गरिएको संरचना सरकारी नाममा फिर्ता हुने डिभिजन कार्यालय नुवाकोटले स्पष्ट गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल