२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोटमा अतिक्रमण गरी बनाइएका टहरा भत्काइए

१३ जेष्ठ २०७६, सोमबार १२:०६

जेठ १३, विदुर । नुवाकोटको विदुर नगरपालिका–२ स्थित जिल्ला प्रशासन कार्यालय नजीक रहेको सरकारी जग्गामा बनाइएका टहराहरु आज डोजर लगाई भत्काइएको छ । विदुरस्थित वनदेवी सामुदायिक वनका नेपाल सरकारको स्वामित्वको जग्गा अतिक्रमण गरी केही व्यक्तिले  विनाइजाजत अवैध तरिकाले घरटहरा निर्माण गरी बसोवास गर्दै आइरहेका थिए । 

अतिक्रमण गरी निर्माण गरिएका घरटहरा  अवैधरुपमा व्यापार–व्यवसाय गर्नेहरुले  पटक पटकको आग्रहलाई नटेरेको डिभिजन वन कार्यालय नुवाकोटले जनाएको छ । सो कार्यालयले वनको क्षेत्र वरिपरि अतिक्रमण गरेका चार किल्लाभित्रका घरटहरा चलाउनेलाई हटाउन दश दिनको सूचना प्रकाशन गरेको थियो ।  दश दिन बितिसक्दा पनि अटेर गरी बसेकाले आज जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरीको संयुक्त समन्वयमा अवैध टहरा डोजर लगाई भत्काइएको डिभिजन वन कार्यालयले जनाएको छ ।


सो कार्यालयका अनुसार आज टहरा मात्र भत्काइएको छ ।  बाँकी पक्की घरको केही व्यक्तिका लालपुर्जा भएका र केहीका नभएकाहरुलाई उच्च अदालतले हाल भत्काउन रोक्नू भन्ने आदेश दिएकाले ती घर १५ दिनका लागि भत्काउन रोकिएको डिभिजन वन कार्यालय नुवाकोटका निमित्त अधिकृत राजकुमार यादवले बताउनुभयो । यादवले पहिला नै ती अवैध टहरा र घरबारे फैसला भइसकेको तर फेरि श्रीमतीका नाममा अदालतमा मुद्दा हाली झुक्काउन खोजेको बताउनुभयो । 

वन ऐन, २०४९ को दफा १७ अनुसार राष्ट्रिय वनमा कुनै पनि व्यक्तिलाई हक वा सहुलियत प्राप्त नहुने भएकाले अतिक्रमित कार्य वन ऐन, २०४९ को दफा ४९ को उपदफा (क)  विपरीतको कार्य भएकाले  वन क्षेत्र अतिक्रमण गरी निर्माण गरिएको संरचना सरकारी नाममा फिर्ता हुने डिभिजन कार्यालय नुवाकोटले स्पष्ट गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान