२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा विद्युत सेवा अनियमित हुँदा सेवाग्राही मारमा

१४ जेष्ठ २०७६, मंगलवार ०८:३३

जेठ १४, बैतडी  । बैतडीमा पछिल्लो समय विद्युत् सेवा अनियमित हुँदा सेवाग्राही मारमा परेका छन् । विद्युत् एकैछिन् आउने र जाने क्रम बढ्दै गएपछि सेवाग्राही मारमा परेका हुन् । विद्युत् सेवा अनियमित हुँदा व्यापार व्यवसायमा समेत असर परेको व्यापारीले बताएका छन् । विद्युत्बाट सञ्चालन हुने ग्रिल उद्योगलगायतलाई समस्या भएको छ । विद्युत् सेवा अनियमित हुँदा विद्यार्थीलाई समेत समस्या भएको छ । 

विद्युत् अनियमित हुँदा जिल्ला सञ्चालित रेडियोलाई समेत समस्या भएको छ । बैतडीका व्यवसायी र सञ्चारमाध्यमका सञ्चालकले  बेलाबेलामा विद्युत् आउने जाने गर्नाले विद्युत्बाट चल्ने धेरै सामाग्री बिग्रिने गरेको बताएका छन् । बत्ती आउने जाने हुनुका साथै आयो भने पनि कहिले मधुरो आउने गरेकाले थप समस्या भएको छ । 

अनियमित विद्युत् कटौतीले स्वास्थ्य क्षेत्र पनि प्रभावित भएको छ । अनियमित विद्युत् कटौतीले श्रीकोट स्वास्थ्यचौकीमा खोप सेवा प्रभावित हुने गरेको छ । श्रीकोट स्वास्थ्य चौकीका इन्चार्ज  वीरसिंह भाटका अनुसार भ्याक्सिन २४सै घण्टा चिसोमा राख्नुपर्ने भए पनि अनियमित विद्युत् कटौतीले खोप सेवा प्रभावित हुने गरेको बताउनुभयो ।

भार बढेका कारण विद्युत् सेवा अनियमित भइरहेको नेपाल विद्युत् प्राधिकरण बैतडीका वितरण केन्द्रका प्रमुख मोहनदेव जोशीले जानकारी दिनुभयो । यस्तै बैतडी र बझाङमा एउटै लाइनबाट विद्युत् प्रवाह हुने भएकाले बेलाबेलामा समस्या आउने गरेको उहाँले बताउनुभयो । यसका साथै हावाहुरीलगायतका कारणले पनि विद्युत् सेवा अनियमित भइरहेको वितरण केन्द्र बैतडीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो