२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सडक र पुलका योजना अलपत्र

२०७६, १४ जेष्ठ मंगलवार ०८:५३

जेठ १४, लहान । डिभिजन सडक कार्यालयद्वारा सञ्चालित अधिकांश सडक तथा पुल निर्माणका योजनाहरु अलपत्र छन् । सिरहा, सप्तरी र उदयपुर जिल्लाका सडक तथा पुलका योजनाहरु सडक कार्यालयका कर्मचारी र ठेकेदार कम्पनीको लापरवाहीका कारण अलपत्र परेका हुन् ।

समयमै कारवाही नहुँदा ठेकेदार कम्पनीले ठेक्का लिएर पनि समयमा काम सम्पन्न नगर्ने र अलपत्र अवस्थामा छाड्ने प्रवृत्ति बढ्ेको हो । आर्थिक बर्ष ०७४÷७५ को जेठ महीनाभित्र सम्पन्न हुनुपर्ने ३२ भन्दा बढी सडक तथा पुल निर्माणका योजनाहरु अझै अलपत्र छन् । सिरहाको मिर्चैया–कटारी–घुर्मी सडकमा पुल तथा सडक निर्माणको अधिकांश कार्य २०७५ जेठ मसान्तमै सकिने सम्झौता भए पनि अहिलेसम्म पूरा हुन सकेको छैन । 

एक वर्षभित्र निर्माण गर्ने गरी बजरङ्गवली कन्सट्रक्शन प्रालिले उक्त सडक निर्माणको ठेक्का पाएको र हालसम्म करीब ४० प्रतिशत पनि काम पूरा नगरेको सडक कार्यालयका कर्मचारीले बताएका छन् । त्यसैगरी बलान कमला प्याच मर्मत, कोशी बलान सडकमा प्याच मर्मतलगायत कार्यसमेत अधुरै रहेको उक्त कार्यालयले जनाएको छ । 

यस्तै सप्तरीको कदमाहा–गाईघाट सडक मर्मत २०७५ असार २० गते नै सकिनुपर्नेमा अझै पूरा गरिएको छैन भने श्री ट्रस कन्सट्रक्शन प्रालिले ठेक्का लिएको सप्तरीको कोशी ब्यारेज–बलान सडकमा कलभर्ट तथा पुल निर्माण निर्माण पनि २०७५ असारमै सकिनुपर्नेमा अझै पूरा नभएको कार्यालयका प्रमुख विनोदकुमार साहले जानकारी दिनुभयो । 

सिरहाकै बहुनाखोलामा ‘कजवे प्रोटेक्शन’ निर्माण शुरु भएको तीन बर्षमा पनि पूरा गरिएको छैन । यसैगरी उदयपुरको गाईघाटस्थित फसैठ (वगाहा) खोलाको पुल निर्माणको काम २०७० सालमै निर्माण भइसक्नुपर्नेमा हालसम्म अलपत्र छ । उक्त पुल निर्माणको जिम्मा पाएको विपी/बहादुर थिङ्ग जेभीले पुल निर्माणको काम अलपत्र छाडेको महालेखा परीक्षकको प्रतिवेदनमा समेत उल्लेख छ  । 

सप्तरीको रुपनी कटैया सडकमा माटो ग्राभेल तथा कलर्भट निर्माण, मुतनीधारमा पुल निर्माण तथा सुमरी खोलामा पुल निर्माण, उदयपुरको तवा खोला पुल निर्माणको काम लामो समयदेखि अलपत्र छ । लामो समयसम्म सडक तथा पुल निर्माण योजना अलपत्र छाड्ने आठ निर्माण व्यवसायीमाथि कारवाही शुरु गरिएको जनाइएको छ । 

सप्तरीको गिदेरी खोला पुल र महुली घाडन खोला पुलको ठेक्का लिएको पप्पु मृत सञ्जीवनी जेभीलाई कारवाही गरी दुवै ठेक्काबाट रु दुई करोड १८ लाख ७० रकम फिर्ता गराएको छ भने सप्तरीको मुतनीखोला र सिरहाको सरस्वती खोलामा पुल निर्माणको ठेक्का लिएको रोशन कन्सट्रकशनबाट रु ५९ लाख ७० हजार फिर्ता गरिएको  सो कार्यालयले जनाएको छ । 

सप्तरीको सुमन्दरी खोलामा पुल निर्माणको ठेक्का लिएको नीलगिरि निर्माण सेवा प्रालिबाट रु ४७ लाख ५० हजार फिर्ता गराइएको कार्यालय प्रमुख साहले बताउनुभयो । त्यस्तै अन्य तीन वटा ठेक्काका ठेकेदारमाथि समेत कारवाही गरी रकम फिर्ताका लागि बैंकमा पत्र काटिएको र अन्य ठेकेदार कम्पनीमाथि पनि कारवाही शुरु गरिएको  जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल