२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

चोरीका मोटरसाइकलसहित ६ जना पक्राउ

१४ जेष्ठ २०७६, मंगलवार १५:०८

जेठ १४, भक्तपुर । महानगरीय प्रहरी वृत्त जगाती र प्रहरी वृत्त ठिमीले चोरीका छ मोटरसाइकलसहित छ जनालाई पक्राउ गरेको छ । आज महानगरीय प्रहरी परिसर भक्तपुरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिँदै प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले प्रहरीले विभिन्न ठाउँबाट चोरी भएका मोटरसाइकलसहित चोरीमा संलग्नलाई पक्राउ गरेको बताउनुभयो । 

पक्राउ पर्नेमा रामेछाप सुनापाती गाउँपालिका–६ घर भई काठमाडौँ बौद्ध बस्ने २९ वर्षीय विजय मानन्धर, ओखलढुङ्गा चम्पादेवी गाउँपालिका–५ फेदीगुठ घर भई हाल काठमाडौँको बौद्ध जोरपाटी बस्ने १९ वर्षीय प्रवीन बरुवाल, ओखलढुङ्गा सुनकोशी गाउँपालिका–३ सिस्नेरी बस्ने २७ वर्षीय प्रेमबहादुर कटवाल, खोटाङको खोटेहाङ गाउँपालिका–९ घर भई हाल त्रियुगा नगरपालिका–३ बस्ने ३३ वर्षीय सुरेश राई, सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–१ स्याउले बस्ने ३१ वर्षीय उमेश तामाङ र ओखलढुङ्गा सुनकोशी गापा–२ कोटवेसी बस्ने २२ वर्षीय भिजन कार्की रहेका छन् ।

लागुऔषधसहित पक्राउ

त्यसैगरी सूर्यविनायक नगरपालिका–८ जगाती चेकप्वाइन्टमा सवारी जाँचका क्रममा काठमाडौँतर्फ जाँदै गरेको बा ४ १प ३१५५ नम्बरको मोटरसाइकल जाँच गर्दा बिक्रीका लागि लैजाँदै गरेको लागुऔषधिसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । प्रहरीले धनकुटा साँगुरीगढी गाउँपालिका–७ महाभारत बस्ने २४ वर्षीय राजेश राईलाई झोलामा बिक्रीका लागि लैजाँदै गरेको लागुऔषधसहित दुईजनालाई पक्राउ गरेको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य