२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

एमालेको काँधमा जिम्मेवारीसंगै चुनौती : नेपाली

१४ कार्तिक २०७२, शनिबार ११:४८

govinda nepaliकमल पौडेल । कात्तिक १४, बागलुङ (खर्वाङ) । नेकपा एमालेका बैकल्पिक केन्द्रिय सदस्य गोविन्द नेपालीले एमालेको काँधमा जिम्मेवारी संगसंगै चुनौती र अवसर आएको वताउनु भएको छ ।

नेकपा एमाले जिल्ला कमिटिको आयोजनामा खर्वाङ भएको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नयाँ संविधानले गणतन्त्रलाई संस्थागत गरेको भन्दै संविधानको प्रयोगवाट देशलाई सम्वृद्ध वनाउनु पर्ने वताउनु भएको छ । नेपालीले राजनैतिक अधिकार प्राप्त गरेको भन्दै अवको विषय आर्थिक सम्वृद्धिको रहेको वताउनु भएको छ । कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटि अध्यक्ष श्रीप्रसाद शर्माले कार्यकर्ताहरुलाई संगठन निर्माणमा लाग्न निर्देशन दिनुभएको छ । त्यस्तै कार्यक्रममा नेकपा एमाले राष्ट्रिय प्रतिनिधि परिषद् पूर्व सदस्य प्रेम खरेल, नेकपा एमाले अञ्चल कमिटि सदस्य सुनिल शेरचन लगाएतले प्रशिक्षणात्मक मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम जिल्ला कमिटि सचिवालय सदस्य विष्णु भुसालको अध्यक्षता, जिल्ला सल्लाहकार परिषद् सदस्य मेयरसिंह पाईजाको स्वागत मन्तव्य तथा नेकपा एमाले जिल्ला कमिटि सदस्य ढालेन्द्र शेरचनको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रममा नौ गाविसका गाउँ कमिटिका पदाधिकारी तथा जनसंगठनका प्रमुख हरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन