२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

बर्दिया : तीन विद्यालय समायोजना गर्दै तीन बस सञ्चालन

१६ जेष्ठ २०७६, बिहीबार ०२:४९

जेठ १६, राजापुर ।  बर्दियाको मधुवन नगरपालिका–४ ढोढरीमा रहेको नेपाल राष्ट्रिय नमूना माध्यमिक विद्यालयले तीन स्कूल समायोजना गर्दै ती विद्यालयका विद्यार्थीको सहजताका लागि तीन स्कूलबस सञ्चालनमा ल्याएको छ ।

 किसान प्राथमिक विद्यालय माचढ, दीपेन्द्र प्राथमिक विद्यालय र नेपाल राष्ट्रिय प्राथमिक विद्यालय ढोढरीलाई नेपाल राष्ट्रिय नमूना माध्यमिक विद्यालयले आपूmमा समायोजना गरेको हो । वरपरका विद्यार्थी सङ्ख्या न्यून भएका विद्यालय समायोजना गरेपछि ती  विद्यालयमा अध्ययनरत प्राथमिक तहका बालबालिकालाई असहज हुँदा दुई बस आफैँले खरीद गरी र एक भाडामा ल्याएको नेपाल राष्ट्रिय नमूना माध्यमिक विद्यालयका प्रधानाध्यापक पूर्णचन्द्र पोखरेलले बताउनुभयो ।

 नमूना विद्यालयमा कक्षा १ देखि ५ कक्षासम्म पूर्ण अङ्ग्रेजी माध्यम र ६ देखि ९ कक्षासम्म अङ्ग्रेजी र नेपाली दुवै माध्यमबाट पढाइ हुन्छ । गुणस्तरीय शिक्षा भएका कारण यस विद्यालयमा टाढाटाढादेखि पनि बालबालिका पढ्न आउने गर्दछन् । लामो दूरीका बालबालिकालाई स्कूल बस सञ्चालनपश्चात् पढ्न आउन सहज भएको र अति विपन्न, असहाय र जेहेन्दार विद्यार्थीका लागि छात्रावासको व्यवस्थासमेत रहेको विद्यालयका मावि इन्चार्ज जीवन खत्रीले बताउनुभयो । 

साथै अतिरिक्त समयलाई कृषि उत्पादनमा लगाउँदै पढ्दै सिक्दै कमाउँदै भन्ने अभियानका साथ स्वेच्छिकरूपमा काम गरेवापत  प्रतिघण्टा रु ७५ रुपैयाँका दरले  पारिश्रमिक दिने  प्रअ  पोखरेलले बताउनुभयो । हाल मधुवन, ठाकुरबाबा नगरपालिका र गेरुवा गाउँपालिकाबाट विद्यालयमा अध्ययन गर्न बालबालिका आउने गर्दछन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल एनपिएलः चितवन टस जितेर बलिङ गर्दै ‘नागरिकको सुझाव माग्न घरदैलोमा सरकार’ घोषित मितिमै निर्वाचन गर्ने लक्ष्यसहित सरकार अघि बढ्दैछ : प्रधानमन्त्री कार्की रूसबाट युक्रेनी बालबालिका फिर्ता गर्न राष्ट्रसङ्घको माग मलामी गएका युवक महाकालीमा बेपत्ता एमालेले महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने