२४ मंसिर २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

महोत्तरीमा दलित भएकै कारण शिक्षकलाई हाजिर नगराउँदा तीन दिनदेखि विद्यालयमा तालाबन्दी

१६ जेष्ठ २०७६, बिहीबार ०५:३१

जेठ १६, गौशाला । दलित भएकै कारण महोत्तरी जिल्लाको पिपरा गाउँपालिकास्थित एक विद्यालयमा एक स्थायी शिक्षकलाई पाधानाध्यापकले हाजिर नगराउँदा विगत तीन दिनदेखि तालाबन्दी गरिएको छ ।

 पिपरा गाउँपालिका–४ स्थित रामनारायण अयोध्या माध्यमिक विद्यालयमा एक दलित शिक्षकलाई हाजिर नगराउँदा स्थानीयवासीले सो विद्यालयमा मङ्गलबारदेखि तालाबन्दी गरिदिएका हुन् । सो विद्यालयमा गणित विषयतर्फ आयोग लडेर आएका नयाँ शिक्षक दिनेश दासलाई दलित भनेर त्यहाँका प्रधानाध्यापक मनोज ठाकुरले हाजिर नगराएपछि स्थानीयवासीले विद्यालयमा तालाबन्दी गरिदिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थानीय नेता विक्रम चौधरीले बताउनुभयो ।

सो विद्यालयकै रिक्त दरबन्दीमा किटान गरेर मावितर्फ गणित विषयको शिक्षकको रूपमा आउनुभएका दासलाई विद्यालयका प्रधानाध्यापक ठाकुरले दलित भएकै कारण विद्यालयमा हाजिर हुन नदिएको नेता चौधरीले बताउनुभयो । एक साताअघि विद्यालयमा हाजिर हुन गएका शिक्षक दासलाई प्रअ ठाकुरले भोलि÷पर्सि गर्दागर्दै कुनै पनि हालतमा अब हाजिर नै नगराउने भनेपछि करीब १०० को सङ्ख्यामा गएका स्थानीयवासीले विद्यालयमा तालाबन्दी गरिदिएका छन् । यसरी विगत तीन दिनदेखि सो विद्यालयमा तालाबन्दी हुँदा त्यहाँ अध्ययनरत सयौँ विद्यार्थी शिक्षादीक्षाबाट वञ्चित छन् । 

दलित छात्रावास निर्माण शुरु

महोत्तरी जिल्लाकै सबैभन्दा जेठो क्याम्पसमा दलित छात्रावास निर्माण शुरु भएको छ । सदरमुकाम जलेश्वरमा अवस्थित रामनन्दन विश्वेश्वर महेन्द्र क्याम्पसमा रु एक करोडको लागतमा दलित छात्रावास निर्माण शुरु भएको क्याम्पस सञ्चालक समितिका अध्यक्ष देवेन्द्र चौधरीले बताउनुभयो ।

सदरमुकामसहित वरपर ५/७ नगरपालिका र गाउँपालिकाका हजाराँै विद्यार्थी अध्ययनरत सो क्याम्पसमा प्रदेश नं २ को सामाजिक विकास मन्त्रालयको रु एक करोडको आर्थिक सहयोगमा छात्रावास निर्माणकार्य शुरु भएको हो । सो छात्रावासमा १० अत्याधुनिक सुविधायुक्त शैक्षिकमैत्री कोठा निर्माणकार्य शुरु भएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की एनपिएल : पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर आमनेसामने मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र