२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

महोत्तरीमा दलित भएकै कारण शिक्षकलाई हाजिर नगराउँदा तीन दिनदेखि विद्यालयमा तालाबन्दी

२०७६, १६ जेष्ठ बिहीबार ०५:३१

जेठ १६, गौशाला । दलित भएकै कारण महोत्तरी जिल्लाको पिपरा गाउँपालिकास्थित एक विद्यालयमा एक स्थायी शिक्षकलाई पाधानाध्यापकले हाजिर नगराउँदा विगत तीन दिनदेखि तालाबन्दी गरिएको छ ।

 पिपरा गाउँपालिका–४ स्थित रामनारायण अयोध्या माध्यमिक विद्यालयमा एक दलित शिक्षकलाई हाजिर नगराउँदा स्थानीयवासीले सो विद्यालयमा मङ्गलबारदेखि तालाबन्दी गरिदिएका हुन् । सो विद्यालयमा गणित विषयतर्फ आयोग लडेर आएका नयाँ शिक्षक दिनेश दासलाई दलित भनेर त्यहाँका प्रधानाध्यापक मनोज ठाकुरले हाजिर नगराएपछि स्थानीयवासीले विद्यालयमा तालाबन्दी गरिदिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थानीय नेता विक्रम चौधरीले बताउनुभयो ।

सो विद्यालयकै रिक्त दरबन्दीमा किटान गरेर मावितर्फ गणित विषयको शिक्षकको रूपमा आउनुभएका दासलाई विद्यालयका प्रधानाध्यापक ठाकुरले दलित भएकै कारण विद्यालयमा हाजिर हुन नदिएको नेता चौधरीले बताउनुभयो । एक साताअघि विद्यालयमा हाजिर हुन गएका शिक्षक दासलाई प्रअ ठाकुरले भोलि÷पर्सि गर्दागर्दै कुनै पनि हालतमा अब हाजिर नै नगराउने भनेपछि करीब १०० को सङ्ख्यामा गएका स्थानीयवासीले विद्यालयमा तालाबन्दी गरिदिएका छन् । यसरी विगत तीन दिनदेखि सो विद्यालयमा तालाबन्दी हुँदा त्यहाँ अध्ययनरत सयौँ विद्यार्थी शिक्षादीक्षाबाट वञ्चित छन् । 

दलित छात्रावास निर्माण शुरु

महोत्तरी जिल्लाकै सबैभन्दा जेठो क्याम्पसमा दलित छात्रावास निर्माण शुरु भएको छ । सदरमुकाम जलेश्वरमा अवस्थित रामनन्दन विश्वेश्वर महेन्द्र क्याम्पसमा रु एक करोडको लागतमा दलित छात्रावास निर्माण शुरु भएको क्याम्पस सञ्चालक समितिका अध्यक्ष देवेन्द्र चौधरीले बताउनुभयो ।

सदरमुकामसहित वरपर ५/७ नगरपालिका र गाउँपालिकाका हजाराँै विद्यार्थी अध्ययनरत सो क्याम्पसमा प्रदेश नं २ को सामाजिक विकास मन्त्रालयको रु एक करोडको आर्थिक सहयोगमा छात्रावास निर्माणकार्य शुरु भएको हो । सो छात्रावासमा १० अत्याधुनिक सुविधायुक्त शैक्षिकमैत्री कोठा निर्माणकार्य शुरु भएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन