२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

शहीदको जन्मस्थानमा शालिक बन्ने

२०७६, १६ जेष्ठ बिहीबार १२:५८

जेठ १६, ओखलढुङ्गा । शहीद यज्ञबहादुर थापाको जन्मस्थानमा उहाँको शालिक बनाइने भएको छ । प्रजातान्त्रिक आन्दोलनका योद्धा थापाको सम्झनामा उहाँको जन्मभूमिमा पूर्णकदको शालिक बनाइने भएको हो ।

शहीदको सम्झना र सम्मानमा शालिक निर्माण गर्न लागिएको चिशङ्खुगढी गाउँपालिकाका अध्यक्ष निशान्त शर्माले बताउनुुभयो । “अहिलेको नेपालको परिकल्पना गरेर उहिले नै अधिकार प्राप्तिको आन्दोलनमा लागेकै कारण ज्यान गुमाएका शहीदको सम्मानमा शालिक बनाउन थालेका छौँ”, अध्यक्ष शर्माले भन्नुभयो, “चिशङ्खुगढी गाउँपालिका शहीद भूमि पनि हो । शहीदका सपना साकार पार्नुपर्ने हाम्रो दायित्व छ ।” 

गाउँपालिकाले–२ स्थित साविकको पोखरे गाविस वडा नं ६ र ७ को सिमानामा पर्ने भीमसेन स्थान मन्दिर छेउसँगै शहीद थापाको जन्मस्थलमा शालिक निर्माण गर्न रु २५ लाख रकम विनियोजन गरेको थियो । चालू आर्थिक वर्षभित्रै शालिक निर्माणको काम सकिने गाउँपालिकाले जनाएको छ । शहीद थापाको पूर्णकदको शालिकको बुधबार पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले शिलान्यास गर्नुभयो । पित्तलबाट बनाइने शालिकको उचाइ ६.५ फिटको रहनेछ । 

यसअघि सोही ठाउँमा शहीद थापाको काठको अर्धकदको प्रतिमा थियो । पूर्णकदको शालिक निर्माण भएपछि अर्धकदको शालिक हटाइने शालिक निर्माण समितिका अध्यक्ष सन्तोष थापाले बताउनुभयो । शालिकसँगै घेराबारसहित पार्कसमेत निर्माण गरिने उहाँको भनाइ थियो । 

प्रजातान्त्रिक योद्धा क्याप्टेन थापाको १९७४ कात्तिक ४ गते सोही स्थानमा जन्म भएको थियो । शहीद थापा बुबा मकनध्वज थापा र आमा ललकुमारी थापाको कान्छा सन्तान हुन् । तत्कालीन शाही नेपाली सेनाका क्याप्टेन रहनुभएका उहाँ २०१८÷०१९ सालतिर जागिर छाडेर प्रजातन्त्रप्राप्तिको आन्दोलनमा होमिनुभएको थियो । 

नेपाली काङ्ग्रेसको नेतृत्वमा भएका आन्दोलनमा सहभागी थापाले भूतपूर्व सैनिक तथा प्रहरीलाई सङ्गठित गरी पञ्चायती विरोधी आन्दोलनमा लाग्नुभएको थियो । चर्चित टिमुरबोटे काण्डको नेतृत्व गरेका थापालाई विसं २०३५ माघ २७ गते सिरहाको केचना खोलातिरमा तत्कालीन पञ्चायती सरकारको गोली प्रहार गरी हत्या गरेको थियो । विसं ०७२ मा केपी ओली नेतृत्वको सरकारले थापालाई शहीद घोषणा गरेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने