२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गौतमबुद्ध विमानस्थल जिटुजी अवधारणामा, जेठ २३ गते सार्वजनिक बिदा दिने निर्णय

२०७६, १६ जेष्ठ बिहीबार १३:१४

जेठ १६, काठमाडौँ (रासस) | सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई सञ्चालनका लागि सरकार–सरकार (जिटुजी) अवधारणा अगाडि सारेको छ । निर्माण सम्पन्न हुने चरणमा पुगेको सो विमानस्थलाई व्यवस्थित तवरले सञ्चालनका लागि सरकार–सरकारबीचमा नै सहकार्य गर्ने र व्यवस्थित रुपमा विमानस्थल सञ्चालन गरिरहेका सरकारी कम्पनीलाई जिम्मा दिने लक्ष्यअनुसार उक्त अवधारणा अगाडि सारिएको हो ।

हाल ७३ प्रतिशत भौतिक निर्माण सम्पन्न भएको सो विमानस्थललाई सरकारी कम्पनी वा संस्थाले नै सञ्चालन गर्ने गरी प्रक्रिया अगाडि बढाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयालाई सैद्धान्तिक स्वीकृति दिइएको छ । धावनमार्ग कालोपत्रे सम्पन्न भइसकेको सो विमानस्थल आगामी भदौको अन्तिम सातादेखि व्यावसायिक उडान गर्ने गरी तयारी गरिएको छ । 

यही जेठ १०, १३ र १५ गते बसेको मन्त्रिपरिषद्को बैठकका बारेमा जानकारी दिन आज अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलाई व्यवस्थित तवरले सञ्चालनका लागि उक्त अवधारणा अगाडि सारिएको र प्रक्रिया अगाडि बढाउन सम्बन्धित मन्त्रालयलाई जिम्मेवारी दिइएको जानकारी दिनुभयो ।

नेपाल भारत रेलसेवा सम्झौताको विस्तृत पुनरावलोकनको तेस्रो बैठकमा भाग लिनका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालको संयोजकत्वमा ११ सदस्यीय वार्ता टोली गठन गरिएको छ । मन्त्री बाँस्कोटाका अनुसार नेपाली सैनिक चार्टर उडान विकास समितिलाई कायम राख्ने निर्णय मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको छ ।

इदुल फित्रमा सार्वजनिक बिदा

सरकारले मुसलमान धर्मावलम्बीको पर्व इदुल फित्रका दिन सार्वजनिक बिदा दिने भएको छ । मुस्लिम आयोगको सिफारिसलाई समेत दृष्टिगत गरी यही जेठ २३ गते सार्वजनिक बिदा दिने निर्णय भएको हो ।

नेपाल खाद्य संस्थान र नेशनल टेङिङ लिमिटेडलाई गाभेर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड गठन गर्ने निर्णय गरिएको मन्त्री बाँस्कोटाले जानकारी दिनुभयो । त्यस्तै सरकारले ‘प्रदेश तथा स्थानीय तहका लागि कूटनीतिक मामिलासम्बन्धी निर्देशिका, २०७५’ स्वीकृत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना