२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

परासीमा अत्याधुनिक शवगृह बन्दै

१७ जेष्ठ २०७६, शुक्रबार ०९:०८

जेठ १७, परासी । पश्चिम नवलपरासीको सदरमुकाम परासीमा अत्याधुनिक  सुविधासम्पन्न शवगृहको निर्माण कार्य शुरु भएको छ । परासीस्थित जिल्ला पृथ्वीचन्द्र अस्पतालमा रहेको पुरानो शवगृहलाई विस्थापित गरी अत्याधुनिक सुविधासम्पन्न शवगृहको निर्माण शुरु गरिएको हो । 

पुरानो शवगृह बजारको नजिक तथा मुख्य सडक छेउमै हुँदा दुर्गन्ध फैलिएको र अन्यत्र सार्न स्थानीयले माग गरेको विषयमा गत फागुन २९ गते राससमा समाचार प्रकाशित भएपछि त्यस विषयमा अस्पतालको ध्यानाकर्षण भएको थियो । अस्पतालले तत्काल प्रदेश नं ५ को सामाजिक विकास मन्त्रालयसँग बजेट माग गरी अत्याधुनिक शवगृह निर्माणको पहल गरेको थियो । 

हालै प्रदेश सरकारले रु ५० लाख बजेट विनियोजन गरी पठाएपछि अस्पतालले बजार क्षेत्रभन्दा बाहिर अस्पतालको उत्तर पूर्वमा रहेको खाली जग्गामा शवगृह निर्माण शुरु गरेको हो । आगामी असार मसान्तभित्रै निर्माण सम्पन्न हुने उक्त शवगृहमा छ वटासम्म शव राख्न मिल्ने अस्पतालका प्रबन्धक सुरेन्द्र अधिकारीले जानकारी दिनुभयो । 

शवगृह निर्माणको जिम्मा पोखरेल निर्माण सेवा बर्दघाटले पाएको छ । ३२ प्रतिशत घटीमा ठेक्का लिएको उक्त कम्पनीले तोकिएकै समयमा निर्माण सम्पन्न गर्ने जनाएको छ । शव परीक्षण गर्ने र शव राख्ने छुट्टाछुट्टै कोठा हुनेछन् । शव नगनाउने फ्रिजरको व्यवस्था हुनेछ भने आधुनिक प्रविधिसमेत जडान गरी छिटोछरितो शव परीक्षण गर्ने गरी व्यवस्था मिलाइने अस्पतालले जनाएको छ ।  

पुरानो शवगृहमा शवको दुर्गन्ध कम गर्ने कुनै आधुनिक उपकरण नहुँदा लामो समयसम्म शव राख्दा त्यसको दुर्गन्धका कारण आसपासका बासिन्दाले सास्ती भोगिरहेका छन् । दुर्गन्धका कारण सर्वसाधारण नाक छोपेर हिँड्नुपर्ने अवस्था छ भने स्थानीय सवारी चालक, यात्रुदेखि व्यवसायीसमेत दुर्गन्धको चपेटामा छन् । 

गन्धकै कारण व्यवसायमा धक्का पुगेको र रोग फैलिन सक्ने स्थानीय व्यवसायीको गुनासो छ । स्थानीयवासीको मागलाई मध्यनजर गर्दै दुर्गन्ध नफैलिने आधुनिक शवगृह निर्माण थालिएको अस्पतालका अध्यक्ष शिवशङ्कर राय बताउनुहुन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य