२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

महोत्तरी : विद्यालयको तालाबन्दी खुला

२०७६, १७ जेष्ठ शुक्रबार ११:३७

जेठ १७, गौशाला । दलित शिक्षकलाई हाजिर नगराउँदा तीन दिनदेखि तालाबन्दी रहेको महोत्तरीको पिपरा गाउँपालिका–४ स्थित रामनारायण अयोध्या माविमा आज दलित शिक्षकलाई हाजिर गराइएपछि तालाबन्दी खोलिएको छ ।

आयोग लडेर नयाँ शिक्षकका रुपमा हाजिर हुन आएका शिक्षक दिनेश दासलाई दलित भएकै कारण प्रधानाध्यापक मनोज ठाकुरले हाजिर नगराउँदा गत मङ्गलबारदेखि तालाबन्दी रहेको सो विद्यालयमा आज दलित शिक्षकलाई हाजिर गराइएसँगै तालाबन्दी खोलिएको पिपरा गाउँपालिकाकी उपाध्यक्ष नुनुवति दासले बताउनुभयो ।  

सो विद्यालयमा गणित विषयतर्फ आयोग लडेर आएका नयाँ शिक्षक दासलाई दलित भनेर त्यहाँका प्रधानाध्यापकले हाजिर नगराएपछि स्थानीयहरुले सो विद्यालयमा तालाबन्दी गरिदिएका थिए । सो विद्यालयकै रिक्त दरबन्दीमा किटान गरेर मावितर्फ गणित विषयका शिक्षकका रुपमा आउनुभएका दिनेश दासलाई त्यस विद्यालयका प्रधानाध्यापक ठाकुरले दलित भएकै कारण त्यस विद्यालयमा हाजिर हुन नदिएपछि मङ्गलबार भएको तालाबन्दीले तीन दिनसम्म सो विद्यालयको पठनपाठन ठप्प रहेको थियो । 

एक साताअघि त्यस विद्यालयमा हाजिर हुन गएका शिक्षक दासलाई प्रअ ठाकुरले हाजिर नै नगराउने भनेपछि मङ्गलबार करीब सय जनाको सङ्ख्यामा गएका स्थानीयवासीले विद्यालयमा तालाबन्दी गरेका थिए । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश