२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

मङ्गलामा कृषि विज्ञान विषयको पठनपाठन शुरु

१८ जेष्ठ २०७६, शनिबार ०५:१५

जेठ १८, म्याग्दी ।  म्याग्दीको मङ्गला गाउँपालिकाको केन्द्र बाबियाचौरमा रहेको मङ्गला माविमा कृषि विज्ञान विषयको पठनपाठन शुरु भएको छ । 

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको प्राविधिक तथा व्यावसायिक विषय अन्तर्गत चालू शैक्षिक सत्रदेखि उक्त विषयको पठनपाठन शुरु गरिएकासो माविमा  कक्षा ९ देखि १२ सम्म पठनपाठन हुने विद्यालयका कार्यक्रम संयोजक हुमनाथ पाण्डेले बताउनुभयो । अठचालिस विद्यार्थीको कोटामध्ये यस वर्ष ४५ जना भर्ना भइसकेका र तीमध्ये२३ छात्रा र २२ छात्र छन् । 

वार्षिक एक हजार पूर्णाकको १०  विषयमध्ये चार वटा सामान्य र छ वटा कृषि विज्ञानसँग सम्बन्धित विषयको पढाइ हुने सहायक प्रशिक्षक सन्दीप केसीले बताउनुभयो । कृषि विज्ञानतर्फ कम्प्युटर एप्लिकेशन, एग्रोनोमी, हर्टीकल्चर, सोयल एक्टेन्सन र पलान्ट प्रोटेक्सन विषयको पढाइ हुने उहाँको भनाइ थियो । 

कृषि क्षेत्रको लागि आवश्यक दक्ष र योग्य जनशक्ति तयार पार्ने तथा स्वरोजगारको अवसर सिर्जना गर्ने सरकारको नीतिअनुसार यस वर्ष बाबियाचौरका साथै रघुगङ्गा गाउँपालिका–२ भगवतीको मुक्तिधाम माविमा कृषि विज्ञान विषयको पठनपाठन शुरु भएको छ । 

देशभित्र तथा विदेशमा रोजगारको अवसर भएको र जागिर नपाए हासिल गरेको शैक्षिक ज्ञानसीपले आफैँ स्वरोजगार बन्ने सम्भावना भएकाले कृषि विज्ञान विषय पढ्न थालेको विद्यार्थीहरूले बताएका छन् । उक्त माविमा यसअघि कक्षा १२ सम्मको पठनपाठन सञ्चालन हुँदै आएको थियो । कृषि विज्ञान विषयको पठनपाठन शुरु भएपछि थप भौतिक पूर्वाधारको व्यवस्थापनका लागि पहल गरिएको प्रअ गमबहादुर खत्रीले बताउनुभयो । 

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमार्फत् चार कोठे भवन निर्माणाधीन छ । यसअघि तत्कालीन शिक्षा कार्यालयको सहयोगमा चार कोठे पक्की भवन निर्माण भएको थियो । पुरानो भवन जीर्ण भएकाले त्यसलाई पुनःनिर्माण गर्न र छात्रावासको लागि भवन निर्माण गर्न लागिएकोे प्रअ केसीले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य