४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धनुषा - DNS

सङ्घीयताको सफल कार्यान्वयन प्रदेश नं २ ले गर्छ : मन्त्री बाँस्कोटा

१८ जेष्ठ २०७६, शनिबार ०८:२७

जेठ १८  बर्दिवास । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले विकासको नयाँ मोडल प्रदेश नं २ बाट शुरु हुने बताउनुभएको छ । महोत्तरीको  बर्दिवासमा आज रेडियो नेपालको प्रदेश नं २ को प्रादेशिक प्रसारण सेवा शुभारम्भ तथा भवन शिलान्यास गर्दै उहाँले सङ्घीय सरकारले प्रदेश नं २ लाई उच्चतम महत्वमा राखेर जनताले अनुभूति गर्ने गरी काम अघि बढाउने बताउनुभयो ।

सङ्घीय सरकारले थालेका प्रयत्नमा प्रदेश सरकार र स्थानीय सरकारको सहयोगी भूमिका हुने मन्त्री बाँस्कोटाको भनाइ थियो । तीनै तहका सरकारको समन्वयमा गरिने काम चाँडै परिणाममुखी हुने उहाँले बताउनुभयो । मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र शासन पद्धतिको नयाँ अभ्यास थालिएको र यो पद्धतिको सफल कार्यान्वयनमा प्रदेश–२ को अगुवाइमा हुने उहाँले जिकिर गर्नुभयो । 

“सङ्घीयताको आवाज विगतआन्दोलनमा यहीं (प्रदेश–२) बाट उठेको हो”, मन्त्री बाँस्कोटाले भन्नुभयो, “अब यसलाई संस्थागत गर्ने र आम नेपालीको जीवनपद्धतिमा यसलाई ढाल्ने दायित्व पनि यसै प्रदेशले गर्नेछ ।” सङ्घीय सरकारले यसै दिशामा आफ्ना सारा प्रयत्न जनतालाई परिवर्तनको अनुभूति गराउनमा केन्द्रित गरेको उहाँको भनाइ थियो ।

समारोहमा प्रदेश–२ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले रेडियो नेपालको प्रादेशिक प्रशारण केन्द्र प्रदेशका सबै जनताको साझा सम्पति रहेको बताउनुभयो । उहाँले यसलाई समयअनुसार विकास गर्दै लाने कुरामा प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो । 

रेडियो नेपालको प्रदेश २ को प्रादेशिक प्रसारण सेवा आजदेखि बर्दिवासमा औपचारिक रुपमा शुरु भएको छ । प्रसारण केन्द्रको संयुक्त रुपमा सञ्चार तथा सूचना प्रविधिमन्त्री बाँस्कोटा र प्रदेश–२ का मुख्यमन्त्री राउतले स्टुडियोबाटै शुभकामना मन्तव्य दिएर शुभारम्भ गर्नुभएको हो । 

प्रादेशिक प्रसारण सेवाको उद्घघाटनसँगै दैनिकरुपमा प्रदेश नं २ को बर्दिवास प्रशारण केन्द्रबाट नै मैथिली, भोजपुरी, मगही तथा नेपाली भाषामा समाचार तथा अन्य कार्यक्रम उत्पादन तथा प्रसारण गरिने रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले कार्यक्रममा जानकारी दिनुभयो । निकट भविष्यमा नै बर्दिवास प्रशारण केन्द्रको क्षमता विस्तार गरेर सात भाषामा दैनिक १८ घण्टा प्रशारण पु¥याउने लक्ष्य रहेको उहाँको भनाइ थियो । 

बर्दिवासमा रेडियो नेपालले हालका लागि १०३ मेगाहर्ज र ११४३ किलोहर्जबाट प्रादेशिक प्रसारण गर्न थालेको छ । प्रादेशिक प्रसारण सेवा अहिले तत्काल दैनिक दिउँसो ३.१५ बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन हुने रेडियो नेपाल, प्रदेश–२ प्रादेशिक प्रसारण कार्यालयका प्रमुख रामपुकार रामले जानकारी दिनुभयो । रेडियो नेपालको प्रादेशिक प्रसारणको नयाँ भवन रु दुई करोड ११ लाखको लागतमा निर्माण शुरु आजै गरिएको छ । नौ महीनाभित्र सो भवन निर्माणको काम  सम्पन्न हुने रेडियो नेपालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ