२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाजुरा - BJR

सुत्केरीको हेलिकप्टरबाट उद्धार

२०७६, १८ जेष्ठ शनिबार १०:५१

जेठ १८, बाजुरा । जिल्लाको बूढीनन्दा नगरपालिकाकी एक सुत्केरीको हेलिकप्टरबाट उद्धार गरिएको छ । बूढीनन्दा नगरपालिका–१ राउतबाडाकी २२ वर्षीया रमिला रोकायाको सालनाल अड्किएपछि आज उपचारका लागि हेलिकप्टरमार्फत बाँकेको कोहलपुर मेडिकल कलेज लगिएको सामाजिक विकासमन्त्री कृष्ण सुवेदीका स्वकीय–सचिव लोकेन्द्र धामीले बताउनुभयो । 

सामाजिक विकासमन्त्री कृष्ण सुवेदीको निर्देशनमा रोकायालाई सेनाको हेलिकप्टरमार्फत कोहलपुर लगिएको धामीले जानकारी दिनुभयो । सुत्केरी हुन नसकेको खबर पाएपछि सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्ण सुवेदीको पहलमा हेलिकप्टरमार्फत कोहोलपुर मेडिकल कलेज लगिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिनुभयो । 

बाइस वर्षीया रमिलाको बाजुरामा उपचार गर्न सम्भव नभएपछि नेपालगञ्ज पठाइएको सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य अधिकृत रमेश कँुवरले जानकारी दिनुभयो । सुत्केरीको रगत धेरै बगेको छ, दुई दिन भयो बोल्नसमेत नसकेको आफन्तले बताएका छन् । हेलिकप्टरबाट नेपालगञ्ज पठाएपछि अब ज्यान जोगिन्छ की भन्ने आशा रहेको उनीहरुको भनाइ छ । बाजुरामा मात्रै सामाजिक विकास मन्त्रालयको पहलमा यसअघि तीन जना सुत्केरीकोे हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश