२०८२, ९ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जाजरकोट - JKT

यार्सागुम्वा पाइने नौ नाकामा स्वास्थ्यकर्मी परिचालन

२०७६, १८ जेष्ठ शनिबार १२:५७

 हेमन्त केसी, जेठ १८, जाजरकोट । डोल्पाका पाटनमा पाइने यार्सागुम्वा सङ्कलनमा गएका सर्वसाधारणका लागि स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । विभिन्न नौ पाटनमा स्वास्थ्य शिविर सञ्चालन गरी सङ्कलनकर्ता बिरामी भएमा उपचारको व्यवस्था मिलाएको स्वास्थ्य कार्यालय डोल्पाका निर्मित प्रमुख रनलाल कुलालले जानकारी दिनुभयो ।

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको सहकार्यमा स्वास्थ्य कार्यालय डोल्पाले यो अभियान सञ्चालन गरेको कुलालले जानकारी दिनुभयो । अहिले जिल्लाका सबै ठाउँमा हिउँ पग्ली सकेकाले यार्सा सङ्कलनको कार्य शुरु भएको छ । जेठ १७ गतेदेखि चार ठाउँमा एचएसहितको टिम र पाँच ठाउँमा अहेवसहितको टिम परिचालन गरिएको हो ।

जिल्लाका सबैभन्दा बढी सार्यागुम्बा पाइने र सङ्कलनकर्ताको अत्यधिक भीड हुने ठाउँमा प्रथमिकताका आधारमा स्वास्थ्य शिविर सञ्चालन गरी सर्वसाधारणलाई सेवा दिइएको प्रतिनिधिसभा सदस्य सत्या पहाडीले जानकारी दिनुभयो ।

 फूलबारी, जगदुल्ला, ग्यालबारा, बागडाँडा र क्याङजूरुलगायतका पाटनलाई लक्षित गरी नौ ठाउँमा स्वास्थ्य शिविर सञ्चालन गरिएको पहाडीले जानकारी दिनुभयो । पहिलो चरणमा जेठ १७ गतेदेखि ३० गतेसम्म स्वास्थ्य शिविर रहने छ । यार्सापाटनमा सङ्कलनकत्र्ताको भीडको आधारमा शिविर थप समय निरन्तरता दिने वा बन्द गर्ने तय हुने प्रमुख कुलालले जानकारी दिनुभयो ।

शिविर सञ्चालन भएको ठाउँमा औषधि आवश्यकताका आधारमा ढुवानी भइसकेको उहाँले बताउनुभयो । शुरुका दिनमा नै यार्सा सङ्कलक बिरामी हुने सङ्ख्य बढ्ने भएकाले सोहीअनुसारको व्यवस्था गरेर काम गरिएको कुलालको भनाइ छ । 

त्यस्तै अन्य सुरक्षाका लागि जिल्ला सुरक्षा समितिको निर्णयअनुसार सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी मुकेश केसरीले जानकारी दिनुभयो । स्वास्थ्य शिविर सञ्चालन गर्नुपूर्व नै पाँच जनाको मृत्यु भइसकेको छ ।

हिमाली पाटनमा खानेकुरा व्यवस्थित नहुनु, जथाभावी फोहर र अक्सिजनको अभावका कारण अत्यधिक मात्रामा बिरामी हुने गरेका छन् । सञ्चार सुविधा नहुँदा पाटनमा भएको समस्या समयमै खबर, आदान–प्रदान हुन समस्या भएको छ । जाजरकोट र रुकुमका यार्सागुम्बा सङ्कलनकर्ताहरु बढी बिरामी हुने गरेका छन् ।

पाटनमा हुने हावापानी र मौसमसँग समायोजन हुन नसक्दा बिरामी हुनेको सङ्ख्य बढेको हो । अहिले शिविर भएका ठाउँमा प्राथमिक उपचार गरेर बाँकी उपचार गर्नका लागि जिल्ला अस्पतालमा व्यवस्थापन गरिएको सांसद पहाडीले बताउनुभयो । 

औषधि नपाएर ज्यान जाने अवस्थाको अन्त्य गर्नका लागि यो पहलकदमी लिएको उहाँले बताउनुभयो । अहिले १० हजारभन्दा बढी सर्वसाधारण डोल्पाका ७० भन्दा बढी पाटनमा यार्सागुम्बा सङ्कलन गरिरहेका छन् । वृद्ध, बालबालिका र विभिन्न रोगबाट सङ्क्रमित भएका सङ्कलनकर्तालाई स्वास्थ्य समस्या आउने गरेको छ । 

डोल्पाको सदरमुकाम दुनैबाट पैदल चार दिनभन्दा बढी समय हिँडेर यार्सागुम्बा सङ्कलन गर्ने कार्य हुँदै आएको छ । एकै घरमा पाँच जनाभन्दा बढी सर्वसाधारणहरु यार्साको खोजीमा पाटन गएपछि गाउँ नै सुनसान भएको छ । पाटनमा यार्सा सङ्कलनकर्ताले स्वास्थ्यलाई ध्यान दिएर मात्र यार्सा खोज्न आग्रह गरिएको छ ।

 तातो कपडा, तातोपानी, पौष्टिकयुक्त खानेकुरा सेवन गर्न आग्रह गरिएको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जका सूचना अधिकारी छत्र कार्कीले राससलाई बताउनुभयो । आफ्ना आसपासमा रहेका साथीभाइ बिरामी पर्दा तुरुन्तै शिविरसम्म ल्याउन र खबर गर्न अनुरोध गरिएको छ । यार्सा पाइने सामुदायिक वनका पदाधिकारीलाई समेत यार्सागुम्बा सङ्कलनकर्तालाई सहयोग गर्न आग्रह गरिएको छ । पाटन क्षेत्र नजिक भएका माथिल्लो डोल्पाका स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीसमेत पाटनमा परिचालन गरिएको छ ।

जनताको जीउधनको सुरक्षा गर्न र सङ्कलनलाई व्यवस्थित बनाउनका सर्वपक्षीय सहमतिअनुसार काम गरिएको प्रजिअ केसरीले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा