२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जाजरकोट - JKT

यार्सागुम्वा पाइने नौ नाकामा स्वास्थ्यकर्मी परिचालन

१८ जेष्ठ २०७६, शनिबार १२:५७

 हेमन्त केसी, जेठ १८, जाजरकोट । डोल्पाका पाटनमा पाइने यार्सागुम्वा सङ्कलनमा गएका सर्वसाधारणका लागि स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । विभिन्न नौ पाटनमा स्वास्थ्य शिविर सञ्चालन गरी सङ्कलनकर्ता बिरामी भएमा उपचारको व्यवस्था मिलाएको स्वास्थ्य कार्यालय डोल्पाका निर्मित प्रमुख रनलाल कुलालले जानकारी दिनुभयो ।

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको सहकार्यमा स्वास्थ्य कार्यालय डोल्पाले यो अभियान सञ्चालन गरेको कुलालले जानकारी दिनुभयो । अहिले जिल्लाका सबै ठाउँमा हिउँ पग्ली सकेकाले यार्सा सङ्कलनको कार्य शुरु भएको छ । जेठ १७ गतेदेखि चार ठाउँमा एचएसहितको टिम र पाँच ठाउँमा अहेवसहितको टिम परिचालन गरिएको हो ।

जिल्लाका सबैभन्दा बढी सार्यागुम्बा पाइने र सङ्कलनकर्ताको अत्यधिक भीड हुने ठाउँमा प्रथमिकताका आधारमा स्वास्थ्य शिविर सञ्चालन गरी सर्वसाधारणलाई सेवा दिइएको प्रतिनिधिसभा सदस्य सत्या पहाडीले जानकारी दिनुभयो ।

 फूलबारी, जगदुल्ला, ग्यालबारा, बागडाँडा र क्याङजूरुलगायतका पाटनलाई लक्षित गरी नौ ठाउँमा स्वास्थ्य शिविर सञ्चालन गरिएको पहाडीले जानकारी दिनुभयो । पहिलो चरणमा जेठ १७ गतेदेखि ३० गतेसम्म स्वास्थ्य शिविर रहने छ । यार्सापाटनमा सङ्कलनकत्र्ताको भीडको आधारमा शिविर थप समय निरन्तरता दिने वा बन्द गर्ने तय हुने प्रमुख कुलालले जानकारी दिनुभयो ।

शिविर सञ्चालन भएको ठाउँमा औषधि आवश्यकताका आधारमा ढुवानी भइसकेको उहाँले बताउनुभयो । शुरुका दिनमा नै यार्सा सङ्कलक बिरामी हुने सङ्ख्य बढ्ने भएकाले सोहीअनुसारको व्यवस्था गरेर काम गरिएको कुलालको भनाइ छ । 

त्यस्तै अन्य सुरक्षाका लागि जिल्ला सुरक्षा समितिको निर्णयअनुसार सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी मुकेश केसरीले जानकारी दिनुभयो । स्वास्थ्य शिविर सञ्चालन गर्नुपूर्व नै पाँच जनाको मृत्यु भइसकेको छ ।

हिमाली पाटनमा खानेकुरा व्यवस्थित नहुनु, जथाभावी फोहर र अक्सिजनको अभावका कारण अत्यधिक मात्रामा बिरामी हुने गरेका छन् । सञ्चार सुविधा नहुँदा पाटनमा भएको समस्या समयमै खबर, आदान–प्रदान हुन समस्या भएको छ । जाजरकोट र रुकुमका यार्सागुम्बा सङ्कलनकर्ताहरु बढी बिरामी हुने गरेका छन् ।

पाटनमा हुने हावापानी र मौसमसँग समायोजन हुन नसक्दा बिरामी हुनेको सङ्ख्य बढेको हो । अहिले शिविर भएका ठाउँमा प्राथमिक उपचार गरेर बाँकी उपचार गर्नका लागि जिल्ला अस्पतालमा व्यवस्थापन गरिएको सांसद पहाडीले बताउनुभयो । 

औषधि नपाएर ज्यान जाने अवस्थाको अन्त्य गर्नका लागि यो पहलकदमी लिएको उहाँले बताउनुभयो । अहिले १० हजारभन्दा बढी सर्वसाधारण डोल्पाका ७० भन्दा बढी पाटनमा यार्सागुम्बा सङ्कलन गरिरहेका छन् । वृद्ध, बालबालिका र विभिन्न रोगबाट सङ्क्रमित भएका सङ्कलनकर्तालाई स्वास्थ्य समस्या आउने गरेको छ । 

डोल्पाको सदरमुकाम दुनैबाट पैदल चार दिनभन्दा बढी समय हिँडेर यार्सागुम्बा सङ्कलन गर्ने कार्य हुँदै आएको छ । एकै घरमा पाँच जनाभन्दा बढी सर्वसाधारणहरु यार्साको खोजीमा पाटन गएपछि गाउँ नै सुनसान भएको छ । पाटनमा यार्सा सङ्कलनकर्ताले स्वास्थ्यलाई ध्यान दिएर मात्र यार्सा खोज्न आग्रह गरिएको छ ।

 तातो कपडा, तातोपानी, पौष्टिकयुक्त खानेकुरा सेवन गर्न आग्रह गरिएको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जका सूचना अधिकारी छत्र कार्कीले राससलाई बताउनुभयो । आफ्ना आसपासमा रहेका साथीभाइ बिरामी पर्दा तुरुन्तै शिविरसम्म ल्याउन र खबर गर्न अनुरोध गरिएको छ । यार्सा पाइने सामुदायिक वनका पदाधिकारीलाई समेत यार्सागुम्बा सङ्कलनकर्तालाई सहयोग गर्न आग्रह गरिएको छ । पाटन क्षेत्र नजिक भएका माथिल्लो डोल्पाका स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीसमेत पाटनमा परिचालन गरिएको छ ।

जनताको जीउधनको सुरक्षा गर्न र सङ्कलनलाई व्यवस्थित बनाउनका सर्वपक्षीय सहमतिअनुसार काम गरिएको प्रजिअ केसरीले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य