२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

रामग्राम स्तूपको विकासमा तीव्रता दिनुपर्छ : नेता गौतम

१८ जेष्ठ २०७६, शनिबार १३:५७

जेठ १८, परासी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता वामदेव गौतमले रामग्राम स्तूपको विकासमा तत्परता देखाउन सरकारलाई आग्रह गर्नुभएको छ । पश्चिम नवलपरासीस्थित रामग्राम–७ मा अवस्थित रामग्राम स्तूपको आज अवलोकनका लागि आउनुभएका नेता गौतमले ऐतिहासिक महत्व बोकेको स्तूपको विकास नभएको देख्दा आफूलाई चिन्ता लागेको बताउनुभयो ।

 रामग्राम स्तूप भगवान् गौतमबुद्धको अस्तुधातु सुरक्षित रहेको विश्वकै एकमात्र स्थल हो । प्रदेश नं ५ का भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीसहित आउनुभएका नेता गौतमले भन्नुभयो, “विश्वकै ऐतिहासिक सम्पदाको रुपमा रहेको यस्तो पवित्रस्थल विकासको दृष्टिकोणले पछाडि परेको देख्दा मलाई दुःख लागेको छ, सङ्घ, प्रदेश र स्थानीय तीन तहका सरकार मिलेर यसको तीव्र रूपमा विकास गर्न आवश्यक छ ।” 

नेता गौतमले स्तूपमा आवश्यक पूर्वाधार निर्माणका लागि चाहिने जग्गा अधिग्रहण तत्काल गरी विकासको कार्यलाई तीव्रता दिन ध्यानाकर्षण गराउनुभयो । गौतमसँगै आउनुभएका मन्त्री चौधरीले स्तूपको महत्वबारे प्रकाश पार्दै प्रदेश सरकारले गर्न लागेको विकासको विषयमा जानकारी गराउनुभएको थियो ।

मन्त्री चौधरीले रामग्राम क्षेत्रमा जग्गा अधिग्रहणको प्रक्रिया शुरु हुन लागेको जानकारी गराउँदै प्रदेश सरकारले लुम्बिनी भ्रमण वर्षमा रामग्रामलाई उच्च प्राथमिकतामा राखेको बताउनुभयो । उहाँले लुम्बिनीलाई केन्द्रमा राखेर प्रदेश सरकारले सञ्चालन गर्ने मोनोरेल रामग्राममा पनि जोडिने बताउँदै आफ्नो पहलमा पूर्वपश्चिम राजमार्गबाट स्तूपसम्म जोड्ने गरी दुई सडकमार्ग पनि निर्माण भएको जानकारी दिनुभयो ।  

करीब ८० फिट चौडाइ, ९० फिट लम्बाइ र ३० फिट उचाइ भएको स्तूप इँटाले बनेको छ । बौद्ध ग्रन्थको आठ स्तुति बन्दनापाली भाषाका अनुसार गौतमबुद्धको महापरिनिर्वाण भएपछि उहाँको शवलाई दाहसंस्कार गराउँदा भष्म नभई मोतीको आकारमा चम्किला दाना बनेका र ती दानालाई अस्थिधातुको संज्ञा दिएको भन्ने भनाइ पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा