२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

रामग्राम स्तूपको विकासमा तीव्रता दिनुपर्छ : नेता गौतम

२०७६, १८ जेष्ठ शनिबार १३:५७

जेठ १८, परासी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता वामदेव गौतमले रामग्राम स्तूपको विकासमा तत्परता देखाउन सरकारलाई आग्रह गर्नुभएको छ । पश्चिम नवलपरासीस्थित रामग्राम–७ मा अवस्थित रामग्राम स्तूपको आज अवलोकनका लागि आउनुभएका नेता गौतमले ऐतिहासिक महत्व बोकेको स्तूपको विकास नभएको देख्दा आफूलाई चिन्ता लागेको बताउनुभयो ।

 रामग्राम स्तूप भगवान् गौतमबुद्धको अस्तुधातु सुरक्षित रहेको विश्वकै एकमात्र स्थल हो । प्रदेश नं ५ का भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीसहित आउनुभएका नेता गौतमले भन्नुभयो, “विश्वकै ऐतिहासिक सम्पदाको रुपमा रहेको यस्तो पवित्रस्थल विकासको दृष्टिकोणले पछाडि परेको देख्दा मलाई दुःख लागेको छ, सङ्घ, प्रदेश र स्थानीय तीन तहका सरकार मिलेर यसको तीव्र रूपमा विकास गर्न आवश्यक छ ।” 

नेता गौतमले स्तूपमा आवश्यक पूर्वाधार निर्माणका लागि चाहिने जग्गा अधिग्रहण तत्काल गरी विकासको कार्यलाई तीव्रता दिन ध्यानाकर्षण गराउनुभयो । गौतमसँगै आउनुभएका मन्त्री चौधरीले स्तूपको महत्वबारे प्रकाश पार्दै प्रदेश सरकारले गर्न लागेको विकासको विषयमा जानकारी गराउनुभएको थियो ।

मन्त्री चौधरीले रामग्राम क्षेत्रमा जग्गा अधिग्रहणको प्रक्रिया शुरु हुन लागेको जानकारी गराउँदै प्रदेश सरकारले लुम्बिनी भ्रमण वर्षमा रामग्रामलाई उच्च प्राथमिकतामा राखेको बताउनुभयो । उहाँले लुम्बिनीलाई केन्द्रमा राखेर प्रदेश सरकारले सञ्चालन गर्ने मोनोरेल रामग्राममा पनि जोडिने बताउँदै आफ्नो पहलमा पूर्वपश्चिम राजमार्गबाट स्तूपसम्म जोड्ने गरी दुई सडकमार्ग पनि निर्माण भएको जानकारी दिनुभयो ।  

करीब ८० फिट चौडाइ, ९० फिट लम्बाइ र ३० फिट उचाइ भएको स्तूप इँटाले बनेको छ । बौद्ध ग्रन्थको आठ स्तुति बन्दनापाली भाषाका अनुसार गौतमबुद्धको महापरिनिर्वाण भएपछि उहाँको शवलाई दाहसंस्कार गराउँदा भष्म नभई मोतीको आकारमा चम्किला दाना बनेका र ती दानालाई अस्थिधातुको संज्ञा दिएको भन्ने भनाइ पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश