२४ मंसिर २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

सामुदायिक विद्यालयको अर्बौ मूल्यको जग्गा अतिक्रमित

१९ जेष्ठ २०७६, आईतवार ०६:५८

जेठ १९, बर्दिवास । महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–२ स्थित जनता माध्यमिक विद्यालयको अर्बौ मूल्यको जग्गा अतिक्रमणको चपेटामा परेको छ । विसं २०१६ मा स्थापित यस विद्यालयको  १० बिघाभन्दा बढी जग्गा अतिक्रमण भएको विद्यालय व्यवस्थापन समितिले जानकारी दिएको हो । अतिक्रमित जग्गाको मूल्य अहिलेको चलनचल्तीमा अर्बौ पुग्ने प्रधानाध्यापक दिलीप तिवारी बताउनुहुन्छ ।विद्यालयको नाममा रहेको जम्मा २० बिघा पाँच कठ्ठा १२ धुर जग्गामध्ये सोही नगरपालिका–१ को गाल्टारस्थित सात बिघा १० कठ्ठा जग्गा जबर्जस्ती कब्जा गरेर तामाङटोल बसाइएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवनारायण महतोले जानकारी दिनुहुन्छ । त्यसैगरी बर्दिवास–१४ स्थित हटियामा विद्यालयको जग्गामा पक्कीघर, अर्धपक्की घर र टहरा बनाएर दुई बिघा १० कठ्ठा जग्गा हडपिएको छ । हटियास्थित विद्यालयको जग्गामा १० पक्की तीनतले घर, १२३ अर्धपक्की भुँइतले घर र ७२ टहरा बनाएर स्थानीयवासी जबर्जस्ती बस्दै आएका उहाँ बताउनुहुन्छ ।

बढ्दो शहरीकरणसँगै जग्गाको मूल्य पनि आकाशिँदै गएकाले  सार्वजनिक जग्गा पनि अतिक्रमण गर्ने क्रम बढेको हो । विद्यालयले कैयौँपटक जग्गा खाली गरिदिन आग्रह गरे पनि जग्गा हडपेर आफूखुशी संरचना बनाएर बसेकाहरुले नसुनेझै गरेका विद्यालयका प्रधानाध्यापक दिलीप तिवारी उल्लेख गर्नुुहुन्छ । विद्यालयको  अतिक्रमित जग्गाको मूल्य अहिले रु पाँच अर्बको हाराहारीको रहेको उहाँको भनाइ छ  ।पछिल्लोपटक विद्यालय व्यवस्थापन समितिको बैठकले विद्यालयको कानूनी स्वामित्व रहेका सबै जग्गा खाली गर्न ३५ दिने सूचना जारी गरेको छ । सो अवधिमा जग्गा खाली नगरिए स्थानीय प्रहरी÷प्रशासन र स्थानीय निकायको  समन्वयमा जबर्जस्ती बनाइएका संरचना भत्काउने तयारी गरिएको प्रधानाध्यापक तिवारी जानकारी दिनुहुन्छ  ।

विसं २०१६ मा यहाँका शिक्षाप्रेमी स्व नीरबहादुर हमालले आफ्नै जग्गा विद्यालयको नाममा दिएर स्थापना गर्नुभएको विद्यालयमा कालान्तरमा अन्य दाता थपिदै जाँदा विद्यालयसँग २० बिघा पाँच कठ्ठा १२ धुर जग्गा पुगेको थियो । अहिले विद्यालयकै जग्गा हडपिँदै जाने तर जग्गाको आयस्था विद्यालयलाई प्राप्त नहुँदा भौतिक साधन र स्रोत जुटाउन सकस परेको विद्यालय प्रशासनले जनाएको छ ।खासगरी समाजका अतिविपन्न परिवार, गरीब मुसहर जाति र अन्य दलित जातिका छोराछोरी अध्ययन गर्ने विद्यालयमा बालविकास कक्षादेखि १२ सम्मको पठनपाठन हुँदै आएको छ । विद्यालयमा अहिले एक हजार २०० छात्रछात्रा रहेको विद्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की एनपिएल : पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर आमनेसामने मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र