२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

सामुदायिक विद्यालयको अर्बौ मूल्यको जग्गा अतिक्रमित

२०७६, १९ जेष्ठ आईतवार ०६:५८

जेठ १९, बर्दिवास । महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–२ स्थित जनता माध्यमिक विद्यालयको अर्बौ मूल्यको जग्गा अतिक्रमणको चपेटामा परेको छ । विसं २०१६ मा स्थापित यस विद्यालयको  १० बिघाभन्दा बढी जग्गा अतिक्रमण भएको विद्यालय व्यवस्थापन समितिले जानकारी दिएको हो । अतिक्रमित जग्गाको मूल्य अहिलेको चलनचल्तीमा अर्बौ पुग्ने प्रधानाध्यापक दिलीप तिवारी बताउनुहुन्छ ।विद्यालयको नाममा रहेको जम्मा २० बिघा पाँच कठ्ठा १२ धुर जग्गामध्ये सोही नगरपालिका–१ को गाल्टारस्थित सात बिघा १० कठ्ठा जग्गा जबर्जस्ती कब्जा गरेर तामाङटोल बसाइएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवनारायण महतोले जानकारी दिनुहुन्छ । त्यसैगरी बर्दिवास–१४ स्थित हटियामा विद्यालयको जग्गामा पक्कीघर, अर्धपक्की घर र टहरा बनाएर दुई बिघा १० कठ्ठा जग्गा हडपिएको छ । हटियास्थित विद्यालयको जग्गामा १० पक्की तीनतले घर, १२३ अर्धपक्की भुँइतले घर र ७२ टहरा बनाएर स्थानीयवासी जबर्जस्ती बस्दै आएका उहाँ बताउनुहुन्छ ।

बढ्दो शहरीकरणसँगै जग्गाको मूल्य पनि आकाशिँदै गएकाले  सार्वजनिक जग्गा पनि अतिक्रमण गर्ने क्रम बढेको हो । विद्यालयले कैयौँपटक जग्गा खाली गरिदिन आग्रह गरे पनि जग्गा हडपेर आफूखुशी संरचना बनाएर बसेकाहरुले नसुनेझै गरेका विद्यालयका प्रधानाध्यापक दिलीप तिवारी उल्लेख गर्नुुहुन्छ । विद्यालयको  अतिक्रमित जग्गाको मूल्य अहिले रु पाँच अर्बको हाराहारीको रहेको उहाँको भनाइ छ  ।पछिल्लोपटक विद्यालय व्यवस्थापन समितिको बैठकले विद्यालयको कानूनी स्वामित्व रहेका सबै जग्गा खाली गर्न ३५ दिने सूचना जारी गरेको छ । सो अवधिमा जग्गा खाली नगरिए स्थानीय प्रहरी÷प्रशासन र स्थानीय निकायको  समन्वयमा जबर्जस्ती बनाइएका संरचना भत्काउने तयारी गरिएको प्रधानाध्यापक तिवारी जानकारी दिनुहुन्छ  ।

विसं २०१६ मा यहाँका शिक्षाप्रेमी स्व नीरबहादुर हमालले आफ्नै जग्गा विद्यालयको नाममा दिएर स्थापना गर्नुभएको विद्यालयमा कालान्तरमा अन्य दाता थपिदै जाँदा विद्यालयसँग २० बिघा पाँच कठ्ठा १२ धुर जग्गा पुगेको थियो । अहिले विद्यालयकै जग्गा हडपिँदै जाने तर जग्गाको आयस्था विद्यालयलाई प्राप्त नहुँदा भौतिक साधन र स्रोत जुटाउन सकस परेको विद्यालय प्रशासनले जनाएको छ ।खासगरी समाजका अतिविपन्न परिवार, गरीब मुसहर जाति र अन्य दलित जातिका छोराछोरी अध्ययन गर्ने विद्यालयमा बालविकास कक्षादेखि १२ सम्मको पठनपाठन हुँदै आएको छ । विद्यालयमा अहिले एक हजार २०० छात्रछात्रा रहेको विद्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश