२०८२, १० फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

दशरथचन्द र खलङ्गा सेमिफाइनलमा

२०७६, १९ जेष्ठ आईतवार १३:४६

जेठ १९, बैतडी। दशरथचन्द नगरपालिका–५ दशरथचन्द र वडा नं ४ खलङ्गा देहीमाण्डौमा जारी दोस्रो संस्करणको ‘मेयर कप टी–२० क्रिकेट प्रतियोगिता’को सेमिफाइनलमा प्रवेश गरेका छन् । 

आज सम्पन्न लिग चरणका खेलमा दशरथचन्द–५ ले दशरथचन्द नगरपालिका–९ ग्वाल्लेकलाई सात विकेटले तथा दशरथचन्द नगरपालिका–४ खलङ्गाले दशरथचन्द नगरपालिका–८ त्रिपुरालाई सात विकेटले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो । निङ्गलाशैनी खेल मैदान देहीमाण्डौमा ब्याटिङ गर्दै ग्वाल्लेकले नरेश जोशीको ४० रनको मद्दतमा ११८ रन बनायो । ११९ रनको विजयी लक्ष्य दशरथचन्दले १० दशमलव तीन ओभरमा तीन विकेटको क्षतिका पूरा ग¥यो । उसका लागि रवीन चन्दले अविजित ८० रन बनाए । 

यस्तै देहीमाण्डौमा भएको अर्को खेलमा ब्याटिङ गर्दै त्रिपुराले आठ विकेटको क्षतीमा १६७ रन बनायो । उसका लागि सञ्जय धामीले ६९ रन जोडे । १६८ रनको विजयी लक्ष्य खलङ्गाले १६ दशमलव पाँच ओभरमा तीन विकेट गुमाएर पूरा ग¥यो । खेलमा अविजित ६४ रन बनाएका खलङ्गाका प्रदीप चन्दलाई म्यान अफ दी म्याच घोषित गरिएको स्कोरर दीपेन्द्र बोहराले जानकारी दिए । 

दशरथचन्द नगरपालिकाको आयोजना, बैतडी जिल्ला क्रिकेट सङ्घको प्राविधिक सहयोग तथा नगर क्रिकेट समितिको व्यवस्थापनमा प्रतियोगिता आयोजना गरिएको हो ।  जेठ २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नगरपालिकाका ११ टोलीको सहभागिता छ । विजेताले रु ५० हजार, उप–विजेताले रु ३० हजार तथा म्यान अफ दी सिरिजले रु पाँच हजार पुरस्कार प्राप्त गर्ने नगर क्रिकेट समितिका संयोजक रमेश भट्टले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा