२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बाग्लुङका चार स्थानीय तहद्वारा विपद् व्यवस्थापन प्रतिकार्य योजना तयार

२०७६, २० जेष्ठ सोमबार ०७:५८

जेठ २० बलेवा । बाग्लुङका चार स्थानीय तहले विपद् व्यवस्थापन प्रतिकार्य योजना तयार गरेका छन् । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाको अगुवाईमा स्थानीय तहले योजना बनाएका हुन् ।  बाग्लुङ नगरपालिका र जैमिनी नगरपालिका तथा काठेखोला र बडिगाड गाउँपालिकामा पहिलो चरणका योजना बनेका हुन् । 

स्थानीय तहमै विपद विरुद्धका क्रियाकलाप सञ्चालन गर्न सकिने क्षमता विकास गर्दै प्रभावित, घाइते र मृतकको सङ्ख्या कम गर्न योजना बनाइएको काठेखोला गाउँपालिकाका अध्यक्ष अमर थापाले बताउनुभयो । योजनाले उद्दार कर्ताको क्षमता विकास गर्ने उद्देश्य समेत राखेको सोसाइटीको बागलुङ शाखाका कार्यक्रम संयोजक श्यामप्रसाद कोइरालाले बताउनुभयो । चारवटै स्थानीय तहका हरेक वडामा १२ जनाका दरले खोजी तथा उद्दार कार्यदल समेत बनाइएको छ । 

हरेक वडामा ११ देखि १७ जना सम्मको व्यवस्थापन समिति र उद्दार कार्यदल बनाएर आवस्यक सामाग्री पनि वितरण गरिएको छ । “ती समूह र कार्यदलले प्रारम्भिक रुपमा काम पनि गरिरहेका छन्”, कोइरालाले भन्नुभयोे, “सबै स्थानीय तहको समन्वयमा सबै वडामा यस्ता कार्यदल र उद्दार समितिहरु बनाउने तयारी छ ।” 

कार्यदल र समितिमा रहेका सदस्यलाई नेपाली सेना, प्रहरी र रेडक्रसले तालीम र सामाग्री दिने बताइएको छ । योजना बनेका गाउँ तथा नगरपरिषदले विपद् व्यवस्थापन ऐन बनाएर कार्यान्वयनमा ल्याएका छन् । गोर्खा भूकम्पपछि सरकारले विधेयक मार्फत विपद् व्यवस्थापनको नीति ल्याएको थियो । 

गत वर्ष ऐन समेत आएकोले अब हरेक वडातहमै कार्यदल बन्ने प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले बताउनुभयो । योजनामा घटना घटेको पहिलो एकदेखि २४ घण्टा सम्म घटनास्थल पुगेर गरिने खोजी र उद्दार देखि एक महिना सम्ममा पुनस्र्थापना, राहत तथा अन्य व्यवस्थापन सहितका काम समावेश छन् 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश