सिरहाको बिभिन्न ठाउँ र बजारहरुमा कार्पेडहालेको आँप छयापछ्याप्ती

Posted on: 03 Jun, 2019

महेश  सिंह महतो, जेष्ट २०, सिरहा । सिरहालगाएत सिरहा जिल्लाको बिभिन्न ठाउ ठाउमा कारपेड हालेका अाँफ छयापछयाप गरीरहेको छ।  भारत बाट बेपारीहरु आँफको राजधानी सिरहामा अहिले विभिन्न स्थानबाट कार्बाइड प्रयोग गरी ल्याइएका आँप बिक्री भइरहेको पाईएका छन ।


यहाका स्थानीय किसानको बगैँचामा फलेको आँफ असारको तेस्रो सातापछाडि मात्र पाक्ने भएकोले भारतको विभिन्न स्थानका फलफूल गोदाममाहरुमा कार्बाइड प्रयोग गरी पकाएका आँप हरु

लहान, भगबानपुर, भोटीया चौक ,छपरारी,धनगडी,जिरोमाईल,गोलबजार,मिरचैया सिरहालगाईत सिरहा जिल्लाको बिभिन्न ठाउठउमा कारपेड हालेका आँप धामाधम बिक्रि  भईरहेको स्थानियहरु बताएका छन। कार्बाइडलगायत विषादी प्रयोग गरेर पकाइएको आँप स्वास्थ्यका लागि हानिकारक हुने भएकाले खान नहुने स्वास्थ्यकर्मीहरूले सुझाएका छन् । यस्ता आँपले स्वास्थ्यमा असर पार्ने गरेको यहाका स्थानीयवासीहरुको गुनासोरहेक‌‌‌ा छन। आँप उत्पादनको दृष्टिकोणले सिरहा जिल्ला अग्रणी मानिन्छ । यहाँ कल पाँच हजार सात सय ५५ हेक्टर आँप खेतीयोग्य जग्गा छ । सिरहामा फल्ने आँप बिराटनगर, काठमाडाँै, पोखरासहित चितवन ,ईलाम , लगायत देशको बिभिन्न भागमा र भारतको अन्य छिमेकी मुलुकमा निर्यात हुँदै आएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!