२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बालविवाह न्यूनीकरणका लागि किशोरीको घरमा झण्डा

२१ जेष्ठ २०७६, मंगलवार ०८:२१

जेठ २१, बैतडी। बैतडीको पुर्चौंडी नगरपालिकाले २० वर्षमुनिका किशोरीहरुको घरमा झण्डा राख्न थालेको छ । 

बालविवाह न्यूनीकरणका लागि २० वर्षमुनिका किशोरीहरुको घरमा झण्डा राखिएको नगरउपप्रमुख जानकी ऐर बमले बताउनुभयो । 

बालविवाह न्यूनीकरणका लागि थुप्रै प्रयास भए पनि बालविवाह नरोकिएकाले किशोरीहरुकै सक्रियतामा १० वटै वडामा घरमा झण्डा राख्ने काम भएको हो । बिहेवारि २० वर्षपारि भन्ने कुरा किशोरीहरुलाई सिकाउन र उनीहरुका अभिभावकहरुलाई पनि सिकाउनका लागि यो अभियान थालिएको उपप्रमुख बमले बताउनुभयो । 

प्रत्येक वडामा २५ देखि ३० जना किशोरी सम्मिलित किशोरीवृत्त गठन गरेर बालविवाह न्यूनीकरणका लागि झण्डा राख्ने कार्य भइरहेको जनाइएको छ । बालविवाहले पार्ने असरका बारेमा स्वयं किशोरीहरु चनाखो नहुँदा समस्या समाधान नहुने भएकाले किशोरीहरुकै सक्रियतामा पहिलो चरणमा एक हजार घरमा हरियो झण्डा राखिएको किशोरीवृत्तमा आबद्ध हरिना साउँदले बताउनुभयो । यो अभियानले बालविवाह न्यूनीकरणमा सहयोग पुग्ने नगरपालिकाको अपेक्षा छ ।

संरक्षित वनलाई एक करोड ४० लाख

जिल्लाका दुई वनलाई सुदूरपश्चिम प्रदेश सरकारले सहयोग गरेको छ । ग्वाल्लेक केदार प्रस्तावित संरक्षित वन र सिगास प्रस्तावित संरक्षित वनलाई प्रदेश सरकारले सहयोग गरेको हो ।

 दुबै वनलाई सुदूरपचिमको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले रु एक करोड ४० लाख बजेट विनियोजन गरेको डिभिजन वन कार्यालयले जनाएको छ ।  विनियोजित बजेटले समुदायस्तरमा आत्मनिर्भर बनाउने खालका काम गरिरहेको डिभिजन वन कार्यालयका डिभिजनल वन अधिकृत केशव पराजुलीले जानकारी दिनुभयो । 

उक्त प्रस्तावित संरक्षित वनमा विभिन्न बोटबिरुवा उत्पादन गरेर स्थानीय बासिन्दाको आयआर्जनमा टेवा पुग्ने उहाँले बताउनुभयो । उपभोक्तामार्फत संरक्षणमुखी क्रियाकलाप गर्नुका साथै जनचेतनामूलक कार्यक्रम पनि गरिने उहाँले बताउनुभयो । हाल यी दुवै प्रस्तावित संरक्षित वनमा विभिन्न फलफूलका बिरुवा उत्पादन गरिँदै छ । 

विशेष वातावरणीय, वैज्ञानिक वा सांस्कृतिक महत्वको ठानी नेपाल सरकारले वन ऐन बमोजिम घोषणा गरेको राष्ट्रिय वनलाई ‘संरक्षित वन’ घोषणा गर्ने गरिन्छ । नेपाल सरकारलाई राष्ट्रिय वनको कुनै भाग विशेष वातावरणीय वैज्ञानिक, सांस्कृतिक महत्व भएको वा अन्य विशेष महत्व भएको लागेमा त्यस्तो राष्ट्रिय वनलाई संरक्षित वनको रुपमा घोषणा गर्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो