२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासी : किसान लक्षित सुलभ कर्जा सहजीकरण कार्यक्रम

२२ जेष्ठ २०७६, बुधबार ०२:५९

 जेठ २२, परासी । प्रदेश नं ५ सरकारले आगामी वर्षदेखि किसान लक्षित ‘सुलभ कर्जा सहजीकरण कार्यक्रम’ सञ्चालन गर्ने भएको छ । बैंकबाट  किसानले सहजरूपमा कर्जा पाउन नसकेको गुनासो बढेकाले  यसमा सहजीकरण गर्न लागिएको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री आरती पौडेलले जानकारी दिनुभयो ।

 पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–३ स्थित सिद्धार्थ माविमा सञ्चालित प्राविधिक तथा व्यावसायिक शिक्षातर्फको कृषि बाली विज्ञानका लागि प्रदेश सरकारको सहयोगमा निर्माण हुन लागेका विभिन्न संरचना शिलान्यासपछि आयोजित कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । किसानलाई कर्जामा अनुदानको व्यवस्था गरिने बताउँदै मन्त्री पौडेलले व्यावासायिक रूपले उत्पादन वृद्धि गर्न सके  उत्पादित वस्तु बिक्री वितरणको  जिम्मा प्रदेश सरकारले लिने विश्वास दिलाउनुभयो । 

उक्त गाउँपालिका अध्यक्ष दीपक गुप्ताले गाउँपालिकाले पनि कृषिलाई उच्च प्राथमिकता दिएर कार्यक्रम सञ्चालन गरिरहेको छ भन्दै प्रदेश सरकारले स्थानीय सरकारसँगको सहकार्यलाई अझै मजबुत बनाउनुपर्नेमा जोड दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य