2026-07-24 08:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सभामुख महराद्वारा इद उलफित्रको शुभकामना

जेठ २२, काठमाडौँ । सभामुख कृष्णबहादुर महराले इस्लाम धर्मावलम्बीहरुको महान् पर्व इद उलफित्रका अवसरमा शुभकामना सन्देश दिनुभएको छ । 

आज जारी शुभकामना सन्देशमा उहाँले स्वदेश तथा विदेशमा रहनुभएका समस्त मुस्लिम समुदायको सुख, शान्ति, समृद्धि र प्रगतिका लागि शुभकामना (इद मुवारक) व्यक्त गर्नुभएको हो । 

सभामुख महराले भन्नुभयो, “आत्म संयम र शुद्धिका लागि एक महीनासम्म मनाइने रमदान पर्वको रोजा (व्रत) सकिएको भोलिपल्ट खुशीयालीका साथ मनाइने यस पर्वले नेपाली–नेपालीबीच आपसी सहिष्णुता, संयम, बन्धुत्वको भावना विकास गर्दै धार्मिक–सांस्कृतिक सद्भाव र भातृत्वको विकास गर्न हामी सबैलाई प्रेरणा दिनेछ भन्ने मैले विश्वास लिएको छु ।”

हाम्रो संविधानले सबै धर्म, भाषा, संस्कृति, सम्प्रदाय, जाति र भूगोलको समान अस्तित्वलाई स्वीकार गरेको र  बहुधार्मिक, बहुसांस्कृतिक, बहुभाषिक, बहुजातीय समुदाय तथा भौगोलिक विविधता हाम्रो देशका पहिचान हुन् भन्दै उहाँले हामी नेपाली विविध धर्म, संस्कृति, चाडपर्व र परम्पराका धनी छौँ र यही विविधताले नै विश्वमै नेपालको विशिष्ट र अलग्गै पहिचान स्थापित भएको बताउनुभयो । सभामुख महराले यस पर्वले हामी सबैलाई धार्मिक–सांस्कृतिक सद्भाव, आपसी सहयोग र राष्ट्रिय एकता मजबुत बनाउन प्रेरणा प्रदान गरोस् भन्ने कामना पनि गर्नुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक