२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनाङ्ग - MNG

चार महीनामा दश हजार विदेशी पर्यटक मनाङमा

२३ जेष्ठ २०७६, बिहीबार ०५:०३

जेठ २३, मनाङ । अन्नपूर्ण पदमार्गमा पर्ने मनाङमा गत माघ महीनादेखि वैशाखसम्ममा १० हजार ६०७ विदेशी पर्यटक भित्रिएका छन् । लामो समयसम्म ठूलो हिमपात परेको उक्त मौसममा गत वर्षको तुलनामा पर्यटकको सङ्ख्यामा गिरावट आएको छैन । 

जुन स्तरमा पर्यटकको सङ्ख्यामा वृद्धि हुनुपर्ने हो सोअनुरुप नभएको अन्नपूर्ण संरक्षण क्षेत्र धारापानी चेकपोष्टका पर्यटक सहायक आशिष विश्वकर्मले बताउनुभयो । उहाँका अनुसार हिमपातका कारण मौसम ढिलो शुरु भएकाले सोचेजति पर्यटक आउन सकेनन् । हिमपातका कारण होटल व्यवसायी पनि समयमा गाउँ फर्कन सकेनन् । लमजुङबँेसीशहरबाट मनाङ हिँडेका पर्यटक बीच बाटोबाटै फर्किएका थिए । यस्तो परिस्थितिमा पनि पर्यटकको आगमनमा कुनै गिरावट आएको भने पाइएन । 

अहिलेको मौसममा सबैभन्दा बढी इजरायली नागरिक ६०७ भित्रिएका छन् । सबैभन्दा कम भियतनामी २१३ रहेका अन्नपूर्ण संरक्षण क्षेत्र मनाङको तथ्याङ्कमा उल्लेख छ । यो मौसम जनावरीबाट शुरु भई मेमा सकिने गर्छ । सिजनको पहिलो महीना जनवरीमा सबैभन्दा कम जम्मा ४७२ मनाङ भित्रिएका थिए भने सबैभन्दा बढी अप्रिलमा पाँच हजार ९८ पर्यटक भित्रिएका धारापानी पर्यटक प्रहरीले जनाएको छ ।

यो सिजनमा जर्मन, फ्रान्स, ब्रिटिश, रसिया, भियतनाम, इजरायल र अमेरिका गरी जम्मा सात देशका नागरिक मनाङ आएका हुन् । अत्यधिक हिमपातले पर्यटक आवागमनमा प्रभाव पारेको हो । केही दुःखद् घटना घटे पनि आवागगमन निरन्तरता रहिनै रहेको कुरा प्रमुख जिल्ला अधिकारी रुद्रनाथ देवकोटाले बताउनुभयो । उहाँका अनुसार हिमपातको प्रभावमा पनि पर्यटकको चहलपहल प्रभावकारी रह्यो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान