२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सप्तरी - SPT

चन्द समूहका एरिया इञ्चार्जद्वारा राजीनामा

२३ जेष्ठ २०७६, बिहीबार ०८:४०

जेठ २३, सप्तरी । पार्टीले लिएको ध्वंशात्मक गतिविधि देशको समृद्धि र विकासका लागि बाधक भएको भन्दै नेत्रविक्रम चन्द ‘विप्लव’ समुहका एक नेताले राजीनामा दिएका छन् ।

सप्तरी जिल्ला ३ नं एरिया इञ्चार्ज छिन्नमस्ता गाउँपालिका–१ का ४० वर्षीय तेजनारायण यादव ‘रञ्जित’ले आज एक प्रेस विज्ञप्ति जारी गर्दै पार्टीको साधारण सदस्य समेतबाट राजीनामा दिएको बताउनु भएको छ ।

सरकारले लिएको वार्ता र संवादबाट सबै समस्याको हल हुन्छ भन्ने नीतिअन्तर्गत पार्टी वार्तामा नआउनु देश र जनताका लागि घातक सिद्ध हुने भन्दै प्रेस विज्ञप्तिमा अगाडि भनिएको छ, ‘हतियार सबै समस्याको हल नभएको हुँदा २०७३ सालदेखि नेकपा विप्लवको ३ नं एरिया इञ्चार्जको पदमा कामकाज गर्दै आएकामा आजैको मितिदेखि पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिई स्वतन्त्र नेपाली नागरिकका रुपमा जीवनयापन गर्न चाहेको छु ।’ अब उप्रान्त उक्त पार्टीसँग आफ्नो कुनै पनि प्रत्यक्ष वा अप्रत्यक्ष सम्बन्ध नरहने समेत प्रेस विज्ञप्तिमा जनाइएको छ ।

नेकपा विप्लवले लिएको ध्वंशात्मक गतिविधि, आन्तरिक कलह, मधेश एवम् मधेशीलाई हेर्ने दृष्टिकोण अस्पष्ट भएका कारण राजीनामा दिनु परेको उहाँले बताउनु भएको छ ।

रञ्जित तत्कालीन नेकपा माओवादीको जनयुद्धमा समेत संलग्न हुनुहुन्थ्यो । अब उप्रान्त आफू कुनै पनि पार्टीमा आबद्ध नहुने तथा घरपरिवार चलाउन योग्यताअनुसारको पेशामा लाग्नेसमेत उहाँले प्रतिक्रिया दिनुभएको छ ।

ध्वंशात्मक गतिविधि गर्दै जनधनको क्षति गर्न थालेपछि सरकारले ‘विप्लव’ नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएको छ । पार्टी प्रतिबन्धपछि सप्तरी प्रहरीले विप्लव समूहका एरिया इञ्चार्ज ‘रञ्जित’ लाई चैत ११ गते पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य