कृष्ण बिष्ट, जेठ २४ , बैतडी । बैतडीमा चट्याङ लागेर दुई जना घाइते भएका छन । घाइते हुनेमा दशरथचन्द नगरपालिका–५ सिमाइलका ३५ वर्षीया पुष्पा कोली र २० वर्षीया राधिका महर घरमा चट्याङ लागेर घाइते भएका हुन ।
हिजो साँझ वर्षा र हावाहुरीसँगै परेको चट्याङले घरमै बसिरहेका उनीहरु घाइते भएको रहेको प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले जानकारी दिनुभयो ।
घाइते दुवैको टाउको र हातमा चोट लागेको र उनिहरुको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।