२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोट : छात्रालाई सेनेटरी प्याड र भेन्डिङ मेसिन वितरण

२८ जेष्ठ २०७६, मंगलवार ०१:४५

जेठ २८, विदुर । नुवाकोटको लिखु गाउँपालिकाका दुई विद्यालयलाई सेनेटरी प्याड र भेन्डिङ मेसिन वितरण गरिएको छ । सोमबार भएको एक कार्यक्रममा लिखु गाउँपालिकास्थित चौघडामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का जिल्ला नेता एवं लायन्स क्लब अफ काठमाडौँ डाउनटाउनका प्रथम उपाध्यक्ष पूर्णलाल श्रेष्ठले क्षेत्रपाल माध्यमिक विद्यालयका प्रधानध्यापक कृष्णबहादुर राई र महेशदेव मावि थानसिङका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं सामुदायिक विद्यालय व्यवस्थापन महासङ्घ लिखुका अध्यक्ष रामबहादुर ओझालाई एक/एक थान सेनेटरी प्याड तथा भेन्डिङ मेसिन वितरण गर्नुभयो ।

 विद्यालयलाई हस्तान्तरण गरिएको मेसिन लिखु गाउँपालिकाको नै पहिलो भएको विद्यालयले जानकारी दिएको छ । सो मेसिन लायन्स क्लब अफ काठमाडौँ डाउनटाउन र विद्यालयले संयुक्तरूपमा खरीद गरेका हुन् । मेसिन खरीद गरिएसँगै दुई विद्यालयका करीब ३५० छात्रा लाभान्वित हुने बताइएको छ । महीनावारीको समयमा छात्रा प्रायःजसो विद्यालय उपस्थित नहुने, विभिन्न समस्याका कारण विद्यालय आउन लजाउने जस्ता विषयहरुलाई ध्यानमा राखेर छात्रालाई विद्यालयमा उपस्थित गराउन मेसिन खरीद गरेको नेकपाका नेता श्रेष्ठले जानकारी दिनुभयो । 

श्रेष्ठले भन्नुभयो, “सरकारले बजेटमार्फत नेपालभरिका विद्यालयमा निःशुल्क सेनेटरी प्याड वितरण गर्ने कार्यक्रम ल्याएको छ यस्तो कार्यक्रमले विद्यालयका छात्रा लाभान्वित हुने विश्वास गरेको छु ।” यस्तै, श्रेष्ठले लिखु गाउँपालिका–२ स्थित लब्दुमा श्रीकृष्ण आधारभूत प्रथामिक विद्यालयमा अध्यनरत ४० विद्यार्थीलाई ४० थान झोला तथा स्टेसनरी सामग्रीहरु वितरण गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान