२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

नेकपा बैतडीले पूर्णता पायो

२०७६, २८ जेष्ठ मंगलवार ०६:५१

जेठ २८, बैतडी । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बैतडीका जिल्ला कमिटी सदस्यहरुको आज शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । पार्टीका सुदूरपश्चिम प्रदेश कमिटी इञ्चार्ज भीम रावलले १३५ जना जिल्ला कमिटी सदस्यलाई शपथ ग्रहण गराउनुभएको हो । 

पूर्वनेकपा एमालेबाट ७१ तथा पूर्वनेकपा माओवादी केन्द्रबाट ६४ जना जिल्ला कमिटी सदस्यमा अटाएका छन् । उहाँहरुले पद तथा गोपनीयताको शपथग्रहण गर्दै आगामी दिनहरुमा पार्टीका नियमित क्रियाकलापमा कटिबद्ध भएर लाग्ने बताउनुभएको छ । 

सरकारको नीति तथा कार्यक्रमहरुको प्रचारप्रसार गर्नुका साथै कमी–कमजोरीप्रति ध्यानाकर्षण गराउने मुख्य जिम्मेवारी आफूहरुको रहने जिल्ला कमिटी सदस्य सरस्वती नेपालीले बताउनुभयो । जिल्ला सदस्यहरुको शपथसँगै नेपाल कम्युनिष्ट पार्टी जिल्ला कमिटी बैतडीले पूर्णता पाएको छ । 

यसअघि जिल्ला अध्यक्षमा पूर्वएमालेबाट सुरेन्द्र पाल र सचिवमा पूर्वमाओवादी केन्द्रबाट प्रेमप्रकाश भट्टले जिम्मेवारी पाउनुभएको थियो । बैतडीमा छ स्थानीय तहमा तत्कालीन नेकपा (एमाले)ले नेतृत्व पाएको छ भने चार स्थानीय तहमा तत्कालीन नेकपा (माओवादी केन्द्र) ले नेतृत्व पाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश