२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

तालैतालको शहरमा साउनदेखि खुला चिडियाखाना

२८ जेष्ठ २०७६, मंगलवार ०७:१६

वासुदेव पौडेल, जेठ २८, पोखरा । रामसार सूचीमा सूचीकृत पोखराका तालमध्येका रुपाताल र बेगनासतालको बीच पचभैयामा निर्माणाधीन खुला चिडियाखाना आगामी साउन १ गतेदेखि सञ्चालनमा आउने भएको छ ।

‘पोखरा जुलोजिकल पार्क’ नाम दिइएको चिडियाखानालाई सर्वसाधारणका लागि खुला गर्ने लक्ष्यअनरुप निर्माण कार्यलाई तदारुकताका साथ अघि बढाइएको छ । पोखरामा मानव निर्मित खुला चिडियाखाना हुनुपर्छ भन्ने अवधारणाका साथ पोखरा युनाइटेड क्लबको सक्रियतामा पोखरा महानगरपालिका वडा नं ३०, ३१ र ३२ स्थित पचभैया चापापानी, चिसाकुना र चैनपुर सामुदायिक वन समेटेर चिडियाखाना निर्माणको काम अघि बढाइएको हो ।

अभियानको शुरुआत २०६४ वैशाखबाट गरिए पनि यसको औपचारिक शिलान्यास भने २०७२ साउन १५ गते तत्कालीन स्वास्थ्यमन्त्री खगराज अधिकारीबाट गराइएको पोखरा जुलोजिकल पार्क निर्माण समितिका संस्थापक अध्यक्ष हिमालय बख्रेलले जानकारी दिनुभयो । उहाँका अनुसार यस क्षेत्रको १३४ हेक्टर वन क्षेत्र समेटेर चिडियाखाना बनाउन लागिएको हो । चिडियाखाना निर्माणकै सहयोगार्थ क्लबले बर्सेनी पोखरा महोत्सव गर्दै आएको र त्यसबाट हालसम्म रु ५५ लाख जुटिसकेको उहाँले जानकारी दिनुभयो ।


महोत्सवको आम्दानीमध्ये प्रत्येक वर्ष २० प्रतिशत रकम चिडियाखानाका लागि छुट्याउने गरिएको छ जुन निर्माण कार्यका लागि महत्वपूर्ण आधार बन्दै गएको छ । हालसम्म गण्डकी प्रदेश सरकारबाट एक करोड ५० लाख, पोखरा महानगरपालिकाबाट रु ३४ लाख, डिभिजन वन कार्यालयबाट रु २४ लाख प्राप्त भई पशुपक्षी उद्धार केन्द्रका लागि भवन निर्माण, खानेपानी जडान, बाटो निर्माण, मृगस्थली, बाघ राख्ने खोरलगायतका संरचना निर्माण भइसकेको छ ।

चिडियाखानाभित्र १२० वर्गमिटर क्षेत्रफलको नीलगाईको खोर बनिसकेको छ भने १३० वर्गमिटर क्षेत्रफलको चितुवाको खोर बनिसकेको छ । त्यस्तै ३६० वर्गमिटरको मृगको खोर, २५० मिटरको बाँदरको खोर र १२० वर्गमिटरको भालुको खोर निर्माणका क्रममा छ ।

चिडियाखानाभित्रको बाटोबाट इन्क्लोजरसम्म पुग्ने २२० मिटरको सिँढी–बाटो निर्माण भइसकेको छ । सिँढीबाट देखिने रुपातालको मनमोहक दृश्यले जो कोहीलाई लोभ्याउने अध्यक्ष बख्रेलले बताउनुभयो । “दुई ठूला ताल बेगनास र रुपाको बीचमा बन्दै गरेको रमणीय चिडियाखानाका साथै यहाँ रहेका सुविधासम्पन्न होटल तथा रेष्टुरेण्टसमेतले यो पोखराको महत्वपूर्ण पर्यटकीय आकर्षण बन्ने पक्का छ”, उहाँले भन्नुभयो ।

गण्डकी प्रदेश सरकारले मनोरञ्जन क्षेत्र बनाउने कुरा गरिरहँदा हरियालीयुक्त पर्यावरणीय हिमाल तथा तालको दृश्य एकसाथ देखिने यो स्थल त्यसका लागि महत्वपूर्ण विकल्प बन्न सक्ने बख्रेलको भनाइ छ । निर्माणाधीन चिडियाखाना पर्यटकीय नगरी पोखराबाट जम्मा २५ किमी टाढा पर्छ । 

चिडियाखानाको अवलोकनका लागि जालीको डोम निर्माण गरिने र जनावर, पक्षी खुला छाडिने योजना छ । तारजाली लगाई चिडियाखानामा जङ्गल घुम्दै पर्यटकले जनावरको अवलोकन गर्न पाउनेछन् । 

चिडियाखाना निर्माणसँगै यस आसपासका क्षेत्रमा होटल व्यवसायमा लगानी वृद्धि भएको पोखरा जुलोजिकल पार्क निर्माण समितिका महासचिव दामोदरभक्त थापाले बताउनुभयो । उहाँका अनुसार चिडियाखानासँगै जोडिएको गाउँ पचभैयामा केही वर्षदेखि पचभैया सामुदायिक होमस्टे (घरवास) सञ्चालनमा आइसकेको छ । यहाँका १४ वटा घरमा होमस्टे सञ्चालन गरिएको छ ।

होटेल तथा रेष्टुरेण्ट एशोसिएशन, लेखनाथका निर्वतमान अध्यक्षसमेत रहेका थापाका अनुसार पचभैयामा मात्रै सात÷आठ वटा मझौला किसिमका होटेल तथा रेष्टुरेण्ट सञ्चालनमा आएका छन् । यहाँ बेगनास लेक रिसोर्ट सञ्चालनमा आइसकेको छ भने यहाँबाट नजीकै रुपाकोट रिसोर्ट पर्दछ । त्यस्तै साङ्ग्रिला रिसोर्ट बन्ने क्रममा छ ।

चिडियाखाना परिसरमा वन्यजन्तु उद्धार केन्द्र पनि राखिएकामा हालसम्म अजिङ्गर, स्याल, वन बिरालो, कछुवा, बाँदर, नीलगाई, रतुवा मृग, खरायोलगायत जनावर उद्धार गरी राखिसकिएको छ । चिडियाखाना क्षेत्रको जङ्गलमा ३६१ प्रजातिका वनस्पति, १७५ प्रजातिका जडीबुटी पाइनाका साथै बाघ, मृग, अजिङ्गरलगायतका १३४ जातका वन्यजन्तु तथा चराचुरुङ्गी पाइने भएकाले यो वन्यजन्तुको अध्ययन, अवलोकनका साथै अनुसन्धानका लागि पनि महत्वपूर्ण गन्तव्य बन्न सक्ने देखिएको छ ।

निर्माणाधीन चिडियाखाना क्षेत्रमा रहेको पञ्च पाण्डवले वनबास बस्दा शक्ति प्राप्त गरेको मानिने पचभैया देउरालीका साथै यहाँस्थित गोखरनाथ मन्दिर, बौद्ध गुम्बा, विपश्यना ध्यान केन्द्रसमेतले यो धार्मिक पर्यटनको पनि आकर्षक गन्तव्य बन्न सक्ने विश्वास लिइएको महासचिव थापाले बताउनुभयो ।रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो एनपिएलः एलिमिनेटरमा काठमाडौँ र लुम्बिनी भिड्दै प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल