२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धनुषा - DNS

रातु पुलमा नौ महीना नबित्दै भ्वाङ

२०७६, २८ जेष्ठ मंगलवार १०:५०

जेठ २८, बर्दिवास । पूर्वपश्चिम राजमार्गको रातु पुल प्रयोगमा आएको नौ महीना नबित्दै भत्कन थालेको छ । महोत्तरी र धनुषा जिल्ला जोड्ने उक्त  पुल प्रयोगमा आएको नौ महीना नबित्दै कालोपत्र (पिच) उप्केर ठूलठूला भ्वाङ परेको हो । 

काठमाडाँैको कालिका टू दी रसुवा जेवी कम्पनीले निर्माण गरेर गत असोजमा आवागमन खुला गराएको सो पुलमाथिको कालोपत्र उप्केर अहिले ठूलठूला भ्वाङ परेको हो । २५० मिटर  लम्बाइ र १०.९० मिटर चौडाइको यो पुलमा अहिले ५० भन्दा बढी ठूलठूला भ्वाङ परेको छ । 

विसं २०७६ पुस मसान्तसम्ममा निर्माण सम्पन्न गर्ने सम्झौता भएको यो पुल एक वर्ष चार महीनाअगावै निर्माण गरेकामा सबैले प्रशंसा गरेका थिए  तर पुल प्रयोगमा आएको नौ महीना नबित्दै धेरै भ्वाङ देखिएपछि निर्माणमा कमसल सामान प्रयोग भएको हुनसक्ने आशङ्का सर्वसाधारणमा बढेको हो ।

“धमाधम काम गरेर तोकिएको अवधि अगावै पूरा गर्दा खुशी थियौँ”, पुलको महोत्तरीतर्फको बर्दिवास नगरपालिका–१ का वडाध्यक्ष चुडामणि पोखरेलले भन्नुभयो, “तर आवागमन खुलेको एक वर्ष नपुग्दै धेरै खाल्डाखुल्डी भएका छन्, यसले कामको गुणस्तरमा प्रश्न उब्जाएको छ ।”

नदीको पुरानो पुल बाढीले भासिदिएकाले अर्को पुल निर्माणका लागि २०७३ साल असार २९ गते उक्त कम्पनीले ठेक्का पाएको थियोे । पूर्वपश्चिम राजमार्गको रातु नदीमा २०२६ सालमा बनेको पुल २०७१ सालको बाढीले खाँबा (पाया) भासिएकाले  आवतजावतमा कठिनाइ भएपछि  सरकारले रु २४ करोड ६० लाखको लागतमा नयाँ पुल निर्माणका उक्त कम्पनीको बोलपत्र स्वीकृत गरेको थियो । 

निर्माण कम्पनीले गुणस्तरीय काम नगरेको गुनासो बढेकामा निर्माण कम्पनीका साइट इञ्चार्ज कृष्ण ढुङ्गेलले भने आफ्ना तर्फबाट कमसल सामान प्रयोग गरेको नभई रङ्गरोगन गर्ने बेलाको असावधानीले कालोपत्र उप्केर भ्वाङ परेको बताउनुभयो । “हामीले रातदिन नभनी गुणस्तरीय निर्माण सामग्री प्रयोग गरेर नै पुल निर्माण गरेका हौँ”, पुलको भ्वाङ हेर्न पुग्नुभएका ढुङ्गेलले भन्नुभयो, “रङ्गरोगन गर्ने फरक कम्पनीले काम गर्दा ‘थिनर’ भनिने केमिकल (पदार्थ) बढी प्रयोग गरेकाले पिच उप्केर भ्वाङ परेको हुनसक्ने र त्यसको कारण पत्ता लगाई असर पु¥याएको केमिकल सफा गरेर उपयुक्त मात्रा मिलाएर तत्काल भ्वाङ पुर्छौं ।” 

आइगर्डर (प्रिस्टेस) डिजाइनबाट छ खण्डमा निर्माण गरिएको यो पुल दुई लेनको छ । यसमा १०÷१० टन भार क्षमताका दुई सवारी साधन एकसाथ आवतजावत गर्नसक्ने साइट इञ्चार्ज ढुङ्गेलले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश