2026-09-13 06:22 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युवाको वैदेशिक रोजगारमा आकर्षण

जेठ २८, सिरहा । कृषि र पशुपालनलाई मुख्य पेशा बनाई जीविका चलाउँदै आएका यहाँका युवाको पछिल्लो समयमा वैदेशिक रोजगारीप्रति आकर्षण बढन थालेको छ । थोरै जग्गा भएका युवा जीविका चलाउन कृषि पेशाले नधानिने भएपछि केही वर्षयता वैदेशिक रोजगारीका लागि खाडी मुलुक जाने क्रम तीब्र भएको छ । 

कृषि र पशुपालन व्यवसायबाट छ महिनामात्र खान पुग्ने भएकाले यहाँका विपन्न व्यक्तिले अधिया र मजदुरी गरेर वर्षभरिका अन्न र कपडाको जोहो गर्दै आएका थिए । परिवर्तित समयानुसार वैदेशिक रोजगारीबाट आफ्नो आर्थिक अवस्था सुदृढ हुने आशामा बैंकमा जग्गा धितो राखेर वा दृष्टिबन्धकी गरेर रकमको व्यवस्था मिलाउँदै वैदेशिक रोजगारीमा जाने युवाको सङ्ख्या उल्लेख्य छ । 

ऋण गरेर वैदेशिक रोजगारीमा जाने युवाले कमाएर ल्याउने रकमबाट घरखर्च चलाउन र ऋण तिर्नमै ठिक्क हुने भएकाले उनीहरूले आफ्नो आर्थिक अवस्थामा खासै परिवर्तनको आभाससमेत पाउन सकेका छैनन । वैदेशिक रोजगार कम्पनीले परिचालन गरेका दलालको प्रलोभनमा परी अधिकांंश  युवा विदेशिने गरेका छन् ।  

अधिकांश युवा मलेसिया, साउदीअरब, कुवेत, कतारलगायतका देशमा मजदुरीका लागि जाने गरेका लक्ष्मीपुर पतारीका रामपुकार सिंहले बताउनुभयो । उहाँले भन्नुभयो, “वैदेशिक रोजगारमा जाँदा अपनाउनुपर्ने सावधानी र जानकारीको अभावमा युवाहरु बढीभन्दा बढी शुल्क बुझाउन बाध्य छन् ।”

आपूm कुन देश जाँदैछु भन्नेसम्म गाँउ घरका धेरै युवालाई जानकारी नहुने भएकाले दलालले एक कामका लागि भनिएकामा अर्कै काममा पठाउने गरेका र सजिलो काम भनेर धेरै युवालाई बढी श्रम गर्नुपर्ने जोखिमयुक्त क्षेत्रमा पठाइएको साउदीबाट केही दिन पहिला फर्केर आउनुभएका इन्दल साहले बताउनुभयो । 

कृषि पेशाबाट परिवारको जीविका चलाउन नसकेकाले नै युवाको विदेसिने क्रम बढेकाले सरकारले आवश्यक मल, बीउविजन, कृषि उपजको मूल्य निर्धारण एवम् बजारीकरणको व्यवस्था गरेर उनीहरूलाई विदेसिनबाट रोक्न सक्नुपर्ने उहाँको तर्क छ ।

वैदेशिक रोजगारमा गएका परिवारको अवस्थामा परिवर्तन आएको बताउँदै लक्ष्मीपुर पतारी पूर्वप्रअ निलाम्बर सिंहले भन्नुभयो, “उनीहरूले पठाएको रकम उत्पादनशील क्षेत्रको सट्टा घरजग्गा र मोटरसाइकल किन्नमै बढी खर्च गर्ने गरेका छन् ।” दलालले अधिकांश युवालाई भारतीय विमानस्थलको प्रयोग गरी विदेश पठाउने गरेकाले उनीहरू बढी जोखिममा रहेका मानव अधिकारकर्मी राजकुमार राउतले बताउनुभयो । 

विदेश जानुअघि वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिनुपर्ने, अभिमुखीकरण तालीम, बीमा, वैदेशिक रोजगार कम्पनीसँग रकम बुझाएको सक्कली रसिद लिनुपर्ने र ठगीमा परे वैदेशिक रोजगार विभागमा उजुरी गर्नुपर्ने बारे चेतना अभावकै कारण अधिकांश युवा दलालमार्फत भारतीय विमानस्थलको प्रयोग गर्दै वैदेशिक रोजगारमा जाने गरेका उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन