"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

"/>

२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

भारतीय टेलिभिजन जी टिभीको रियालिटी सो सारेगमपमा चौँथो हुन सफल आयुष केसीलाई एक लाखसहित सम्मान

२८ जेष्ठ २०७६, मंगलवार १४:५१

जेठ २८, भक्तपुर । भारतीय टेलिभिजन जी टिभीको रियालिटी सो सारेगमपमा चौँथो हुन सफल कक्षा ८ मा अध्ययनरत् विद्यार्थी आयुष केसीलाई रु एक लाखसहित सम्मान गरिएको छ ।


 सूर्यविनायक नगरपालिका–४ दधिकोटस्थित मोर्डन स्कूलले आज आयोजना गरेको सम्मान कार्यक्रममा स्कूलका प्रमुख बाबुकाजी कसपाल, प्राचार्य अनिल कसपालले रु एक लाखसहित सम्मान गर्नुभयो । 

सारेगम लिटल च्याम्सको २०१९ को संस्करणमा भाग लिएका केसी र प्रितम आचार्य फाइनलमा पुगेका थिए भने आचार्य तेस्रो र केसीले चौँथो स्थानमा आउन सफल भएका थिए । मोर्डन स्कूलमा कक्षा ८ मा अध्ययनरत् गायक केसीले कार्यक्रममा नेपाली तथा हिन्दी गीत गाएका थिए भने उनले नृत्य गरेरसमेत आफ्नो क्षमता प्रस्तुत गरेका थिए । 


कार्यक्रममा सूर्यविनायक नगरपालिकाका नगर प्रमुख वासुदेव थापाले नेपालबाट भारतको रियालिटी शोमा भाग लिएर केसी र आचार्यले देशको नाम उच्च राख्न सफल भएको भन्दै प्रशंसा गर्नुभएको थियो । 

त्यसअवसरमा जिल्ला शिक्षा एकाईका प्रमुख खेमनाथ पोखरेल, प्राचार्य कसपाल, सूनपा–४ का वडाअध्यक्ष उत्तम थापालगायतले नेपाली प्रतिभाको बारेमा चर्चा गर्दै राज्यले संरक्षण गर्नुपर्ने बताउनुभयो ।

चित्तपोल पलाँसे सडक निर्माण शुरु

सूर्यविनायक नगरपालिका–१० चित्तपोलको नालाबाट सल्लाघारी, भङ्गाल, वडा कार्यालय हुँदै अरनिको राजमार्ग जोड्ने सडक (कालोपत्र, फुटपाथ र ड्रेनसहित रहने गरी) विस्तार गर्न थालिएको छ ।

सङ्घीय सरकारबाट विनियोजित रु छ करोडको लागतमा विस्तार गर्न लागिएको उक्त सडक प्रतिनिधिसभा सदस्य एवं पूर्वउद्योग मन्त्री मेहश बस्नेतले आज शिलान्यास गर्नुभयो । 

उहाँले प्रधानमन्त्री रोजगार कार्यक्रमबाट यहाँका प्रतिपक्षी आत्तिएको टिप्पणी गर्दै आगामी दिन राष्ट्रिय गौरवका आयोजना सम्पन्न भएपछि जिल्लाको विकास देखेर उनीहरू विकासका लागि लागेका जनताको शरणमा आउने जिकिर गर्नुभयो । 

विकासको हिसाबले देशकै उत्कृष्ट र नेतृत्वदायी यो जिल्ला बन्नेमा जोड दिँदै  उहाँले विकासका लागि जनतालेभन्दा बढी जनप्रतिनिधिले चासो लिन सके मात्र विकास तीव्र गतिमा हुने बताउनुभयो । 

यस वर्ष भक्तपुरका सडकका लागि आफ्नो पहलमा करीब रु ५६ करोड बजेट ल्याउन सफल भएको चर्चा गर्दै सांसद बस्नेतले प्रधानमन्त्री रोजगार कार्यक्रमले बेरोजगार युवालाई रोजगारीको अवसर प्रदान गरेको छ भन्नुभयो । 

भक्तपुरमा सङ्घीय सरकारबाट रु पाँच करोडभन्दा बढीको लागतमा १० वटा सडक निर्माण एवं विस्तार भएको छ भन्दै उहाँले चितापोलको नाला, सल्लाघारी, भङ्गाल, वडा कार्यालय हुँदै अरनिको राजमार्ग जोड्ने सडक, ध्याम्पेडाँडा–रानीकोट सडक, चारदोवाटोदेखी–बालकोट सडक, बालकोट– बिरुवा सडक, खहरे–गुण्डु बसर्पाक सडक, गुण्डु–वडा कार्यालय जाने सडक, लोगो गार्मेन–कृषि तालीम केन्द्र जाने सडक, दधिकोट–तर्खागाल सडक, ज्योति लिङ्गेश्वर–झौखेल जाने सडक विस्तारको क्रममा रहेको जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य