२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कन्चनपुरका हावाहुरी पीडित भन्छन् : ‘सेना आउँदा सास फेर्न पाइयो’

२०७६, २९ जेष्ठ बुधबार ११:१२

शेरबहादुर सिंह, जेठ २९, भीमदत्तनगर । एक साताअघि कञ्चनपुर र कैलालीमा आएको हावाहुरीले यहाँका बस्तीहरुमा ठूलो धनजनको क्षति पु¥यायो । 

हावाहुरीका कारण सयौँ घरहरु क्षतिग्रस्त भएका छन् भने कतिपय बस्तीहरुमा बिजुलीका पोलहरु भाचिँदा स्थानीयवासी अन्धकारमा दैनिकी काट्न विवश भएका छन् ।

क्षतिको एकिन विवरण सङ्कलन भइरहेका बेला बुधबार बिहान कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ मौरीफाँटाका ५५ वर्षीया दानी ओडले कच्ची घरको माथि त्रिपाल मिलाइदिइरहेका नेपाली सेनाको टोलीलाई सामान दिएर सहयोग गरिरहेको अवस्था भेटियो । “हावाहुरीले घरको छाना उडाएर उठिबास लाग्यो ।” हावाहुरीबाट घाइते भएकी श्रीमतीलाई देखाउँदै ओडले भन्नुभयो, “परिवारका अन्य सबै सदस्यहरुले खाटमुनि लुकेर ज्यान जोगाए ।”



कञ्चनपुरका हावाहुरीले सबैभन्दा बढी कृष्णपुर नगरपालिकामा क्षति पु¥याएको तथ्याङ्क छ । हावाहुरीले पूर्णरुपमा क्षति पु¥याएपछि त्यहाँका पीडितहरु अहिले पनि छिमेकी र खुल्ला आकाशमुनी रात बिताउन बाध्य भइरहेका छन् । “राहतको नाममा यही एउटा त्रिपाल वडा कार्यालयबाट मिलेको छ”, ओडले भन्नुभयो, “घरभित्रको अन्न भिजेर काम नलाग्ने भएपछि किनेर खादैछौँ ।” उहाँले हावाहुरीपछि सेना बस्तीमा आउँदा गाउँलेहरुलाई निकै राहत पुगेको बताउनुभयो ।

“सेना आएर अवरुद्ध सडक खुलाउनेदेखि घरका छानाहरु बनाइदिने काममा अहोरात्र खटिएको छ”, उहाँले भन्नुभयो, “सेनाकै सहयोगले घरको त्रिपालको छानो बनेर मुश्किलले सास फेर्न पाएको छु ।” पूर्ण रुपमा क्षति पुगेका स्थानीयवासीलाई गाँसबासको समस्या बल्झिँदै गएको उहाँको भनाइ छ । “खुल्ला आकाशमुनि सुत्दा बालबालिकाहरु लामखुट्टेको टोकाइले बिरामी पर्न थालिसके”, उहाँले भन्नुभयो, “सिंहदरबार अझै गाउँमा आएको भन्नु बेकार रहेछ ।”

त्यसैगरी कृष्णपुर नगरपाकिला– ६ कै ३८ वर्षीय तिलक भट्ट दम्पतीसहित घरमा सहयोग गरिरहेको सेनाको टोलीसित काममा व्यस्त छन् । “घरको छाना उडाएर राति खाटमुनी पसेर चार जनाको परिवार बाच्यिौँ’, भट्टले भन्नुभयो, “अहिले सेना आएर छाना बनाउन सहयोग गर्दैछ ।”

उहाँले सेनाले उद्दार लगायतका काममा सहयोग गरेको सुनेपनि गाउँमै आएर घरका छाना बनाउनेदेखि अहिले दिएको हरेक समस्या समाधानमा खटिएको देख्दा गाउँले हर्षित भएको बताउनुभयो ।

“स्थानीय तहबाट त्रिपाल दिएको भए पनि अन्य राहत अहिलेसम्म केही आएको छैन”, उहाँले भन्नुभयो, “खरीद गरेर ल्याएको ३० किलोग्राम चामलले परिवारको भोक टार्दैछु ।” हावाहुरीले वडा नं. ६ मा मात्रै ५० को हाराहारीमा बिजुलीका पोलहरु भाचिँएका छन् । भने रुखहरु ढल्दा सडकसमेत अवरुद्ध भएको स्थानीयको भनाइ छ ।


“धन्न सेना आएर गाउँमा सडक खुलाएपछि आवतजावत गर्न सहज भएको छ”, स्थानीय रगि नगारीले भन्नुभयो, “क्षतिको विवरण सङ्कलनबाहेक राज्यबाट अरु केही सहयोग पाएको छैन ।” स्थानीयवासी गङ्गाराम भट्टले स्कूलको छाना भत्किदा विद्यालय बन्द हुनुका साथै खानेपानी र बिजुलीको समस्याले यहाँका बासिन्दा आक्रान्त बनेको बताउनुभयो । “जस्तापाता भएका घरहरु प्रायः सबैमा क्षति पुगेको छ”, उहाँले भन्नुभयो, “सेनाबाहेक अन्य सरकारी निकायबाट केही सहयोग भएन ।”

त्यसैगरी मौरीफाँटाकै १८ वर्षीया मनिषा बोहरा हावाहुरीपछि छिमेकीको घरमा घाइते दिदी टिकेश्वरी बोहरासित आश्रय लिदैछिन् । उहाँका बुवा प्रेम बोहरा र आमा देवसरादेवी बोहरा हावाहुरीले छानो भत्किदा घाइते भएका थिए । “आमाको कोहलपुरमा उपचार हुँदैछ”, उहाँले भन्नुभयो, “त्रिपालसमेत नपाउँदा घरमा बस्न सकिएको छैन ।” 

भत्किएका छाना÷टहरा पुनःनिर्माण गर्न नेपाली सेनाको सिंहसाशूल गुल्मको टोली कृष्णपुर नगरपालिकामा खटिएको छ । गुल्मबाट उपसेनानी चेतन छत्कुलीको नेतृत्वमा खटिएको सैनिक टोली विगत तीन दिनदेखि गाउँमा खटिएको छ । हावाहुरीपछि जिल्लामा बसेको सुरक्षा समितिको निर्णयानुसार सेनाले प्रभावित क्षेत्रमा सहयोगका लागि खटिएको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश