२४ मंसिर २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कन्चनपुरका हावाहुरी पीडित भन्छन् : ‘सेना आउँदा सास फेर्न पाइयो’

२९ जेष्ठ २०७६, बुधबार ११:१२

शेरबहादुर सिंह, जेठ २९, भीमदत्तनगर । एक साताअघि कञ्चनपुर र कैलालीमा आएको हावाहुरीले यहाँका बस्तीहरुमा ठूलो धनजनको क्षति पु¥यायो । 

हावाहुरीका कारण सयौँ घरहरु क्षतिग्रस्त भएका छन् भने कतिपय बस्तीहरुमा बिजुलीका पोलहरु भाचिँदा स्थानीयवासी अन्धकारमा दैनिकी काट्न विवश भएका छन् ।

क्षतिको एकिन विवरण सङ्कलन भइरहेका बेला बुधबार बिहान कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ मौरीफाँटाका ५५ वर्षीया दानी ओडले कच्ची घरको माथि त्रिपाल मिलाइदिइरहेका नेपाली सेनाको टोलीलाई सामान दिएर सहयोग गरिरहेको अवस्था भेटियो । “हावाहुरीले घरको छाना उडाएर उठिबास लाग्यो ।” हावाहुरीबाट घाइते भएकी श्रीमतीलाई देखाउँदै ओडले भन्नुभयो, “परिवारका अन्य सबै सदस्यहरुले खाटमुनि लुकेर ज्यान जोगाए ।”



कञ्चनपुरका हावाहुरीले सबैभन्दा बढी कृष्णपुर नगरपालिकामा क्षति पु¥याएको तथ्याङ्क छ । हावाहुरीले पूर्णरुपमा क्षति पु¥याएपछि त्यहाँका पीडितहरु अहिले पनि छिमेकी र खुल्ला आकाशमुनी रात बिताउन बाध्य भइरहेका छन् । “राहतको नाममा यही एउटा त्रिपाल वडा कार्यालयबाट मिलेको छ”, ओडले भन्नुभयो, “घरभित्रको अन्न भिजेर काम नलाग्ने भएपछि किनेर खादैछौँ ।” उहाँले हावाहुरीपछि सेना बस्तीमा आउँदा गाउँलेहरुलाई निकै राहत पुगेको बताउनुभयो ।

“सेना आएर अवरुद्ध सडक खुलाउनेदेखि घरका छानाहरु बनाइदिने काममा अहोरात्र खटिएको छ”, उहाँले भन्नुभयो, “सेनाकै सहयोगले घरको त्रिपालको छानो बनेर मुश्किलले सास फेर्न पाएको छु ।” पूर्ण रुपमा क्षति पुगेका स्थानीयवासीलाई गाँसबासको समस्या बल्झिँदै गएको उहाँको भनाइ छ । “खुल्ला आकाशमुनि सुत्दा बालबालिकाहरु लामखुट्टेको टोकाइले बिरामी पर्न थालिसके”, उहाँले भन्नुभयो, “सिंहदरबार अझै गाउँमा आएको भन्नु बेकार रहेछ ।”

त्यसैगरी कृष्णपुर नगरपाकिला– ६ कै ३८ वर्षीय तिलक भट्ट दम्पतीसहित घरमा सहयोग गरिरहेको सेनाको टोलीसित काममा व्यस्त छन् । “घरको छाना उडाएर राति खाटमुनी पसेर चार जनाको परिवार बाच्यिौँ’, भट्टले भन्नुभयो, “अहिले सेना आएर छाना बनाउन सहयोग गर्दैछ ।”

उहाँले सेनाले उद्दार लगायतका काममा सहयोग गरेको सुनेपनि गाउँमै आएर घरका छाना बनाउनेदेखि अहिले दिएको हरेक समस्या समाधानमा खटिएको देख्दा गाउँले हर्षित भएको बताउनुभयो ।

“स्थानीय तहबाट त्रिपाल दिएको भए पनि अन्य राहत अहिलेसम्म केही आएको छैन”, उहाँले भन्नुभयो, “खरीद गरेर ल्याएको ३० किलोग्राम चामलले परिवारको भोक टार्दैछु ।” हावाहुरीले वडा नं. ६ मा मात्रै ५० को हाराहारीमा बिजुलीका पोलहरु भाचिँएका छन् । भने रुखहरु ढल्दा सडकसमेत अवरुद्ध भएको स्थानीयको भनाइ छ ।


“धन्न सेना आएर गाउँमा सडक खुलाएपछि आवतजावत गर्न सहज भएको छ”, स्थानीय रगि नगारीले भन्नुभयो, “क्षतिको विवरण सङ्कलनबाहेक राज्यबाट अरु केही सहयोग पाएको छैन ।” स्थानीयवासी गङ्गाराम भट्टले स्कूलको छाना भत्किदा विद्यालय बन्द हुनुका साथै खानेपानी र बिजुलीको समस्याले यहाँका बासिन्दा आक्रान्त बनेको बताउनुभयो । “जस्तापाता भएका घरहरु प्रायः सबैमा क्षति पुगेको छ”, उहाँले भन्नुभयो, “सेनाबाहेक अन्य सरकारी निकायबाट केही सहयोग भएन ।”

त्यसैगरी मौरीफाँटाकै १८ वर्षीया मनिषा बोहरा हावाहुरीपछि छिमेकीको घरमा घाइते दिदी टिकेश्वरी बोहरासित आश्रय लिदैछिन् । उहाँका बुवा प्रेम बोहरा र आमा देवसरादेवी बोहरा हावाहुरीले छानो भत्किदा घाइते भएका थिए । “आमाको कोहलपुरमा उपचार हुँदैछ”, उहाँले भन्नुभयो, “त्रिपालसमेत नपाउँदा घरमा बस्न सकिएको छैन ।” 

भत्किएका छाना÷टहरा पुनःनिर्माण गर्न नेपाली सेनाको सिंहसाशूल गुल्मको टोली कृष्णपुर नगरपालिकामा खटिएको छ । गुल्मबाट उपसेनानी चेतन छत्कुलीको नेतृत्वमा खटिएको सैनिक टोली विगत तीन दिनदेखि गाउँमा खटिएको छ । हावाहुरीपछि जिल्लामा बसेको सुरक्षा समितिको निर्णयानुसार सेनाले प्रभावित क्षेत्रमा सहयोगका लागि खटिएको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो