२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

बन्दीपुरमा प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु

२९ जेष्ठ २०७६, बुधबार १२:१५

जेठ २९, तनहुँ  । तनहुँको बन्दीपुर गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना कार्यान्वयन शुरुआत गरेको छ । 

गाउँपालिका अध्यक्ष पूर्णसिंह थापाले मङ्गलबार बन्दीपुर बजारमा एक कार्यक्रमका बीच ४१ जनालाई रोजगार प्रदान गरेर शुरुआत गर्नुभयो । तनहुँका १० वटा स्थानीय तहमध्ये बन्दीपुर शुरुआत गर्नेमा पहिलो बनेको छ । बन्दीपुर–पिप्ले सडकखण्डमा नाला बनाउने काममा खटाइएको छ । 

गाउँपालिकाका अनुसार वातावरणमैत्री काम गर्नको लागि नाहाला बनाउन डोजर प्रयोग नगरी मजदूर खटाइएको हो । दैनिक ६२६ ज्याला पाउने गरी एक महीनाको लागि काममा खटाइएको हो । 

कार्यक्रमका लागि प्राप्त रु ११ लाखमध्ये नाहाला निर्माणको लागि वडा नम्बर १ र २ मा रु पाँच÷पाँच लाख र ४ नम्बर रु एक लाख बजेट विनियोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत शुकदेव लम्सालले जानकारी दिनुभयो । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ७५० जनाले आवेदन दिएकामा ७३६ जनाको स्वीकृत गरिएको गाउँपालिका रोजगार संयोजक शरन गुरुङले जानकारी दिनुभयो ।

 संयोजक गुरुङका अनुसार वडा नं १ बाट ४२ जना, वडा नं २ बाट ११३, वडा नं ३ बाट २०२, ४ बाट ५१, ५ बाट ७७, ६ बाट २५३ आवेदन दिएका थिए । निर्माण क्षेत्रमा उपभोक्ताबाट समितिबाट भएका काममा सूचीकृत भएकालाई पायक पर्ने स्थानमा काममा खटाइने संयोजक गुरुङ बताउनुहुन्छ । कुन क्षेत्रमा काम गर्न चाहेको हो त्यस क्षेत्रमा रोजगार दिनु पर्दा सूचीकृतलाई नै दिइने गाउँपालिकाले जनाएको छ । 

रोजगारमा कृषि, शिक्षा, भेटेनरी, शिक्षक, निर्माण कुन क्षेत्रमा रोजगारी चाहेको आवेदनमा खुलाउन लगाइएको र आवश्यकता पर्दा सूचीकृत भएकालाई मात्रै अवसर दिएर काम खटाइने रोजगार कार्यक्रम शुभारम्भका अवसरमा जानकारी दिइएको थियो । “पालिकामा जसले बेरोजगारमा सूचीकृत गर्नुभएको छ सबै काम उहाँले मात्रै पाउनुहुन्छ गाउँपालिकाका अध्यक्ष थापाले कार्यक्रमको शुभारम्भ गर्दै भन्नुभयो, “शिक्षकमा निमार्णमा, स्वास्थ्यमा जे मा आवश्यक पर्छ सूचीकृत भएकाले मात्रै पाउँछन् ।” 

समयमा आएर काम गर्ने, तोकिएको समयसम्म काम गर्ने र राम्रोसँग काम गरी नमूनायोग्य काम देखाइदिनुस् अध्यक्ष थापाले रोजगारमा संलग्नलाई पुनः आग्रह गर्नुभयो । समय अभावले यो वर्ष हतारमा काम गर्नुपरेको र आगामी वर्षबाट अधिकांशलाई निर्माण क्षेत्रमा काम गर्न सक्ने भएकाले त्यसमा व्यवस्थापन गर्न लागिएको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य