2026-07-24 08:41 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हजयात्रीको टिकटमा हिनामिना गर्नेविरुद्ध आरोपपत्र दायर

जेठ २९, काठमाडौँ | अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हजयात्रीका लागि हवाई टिकट खरीद गर्ने क्रममा अनियमिता गरेको भन्दै हज कार्यसम्पादन उपसमितिका पदाधिकारी तथा ट्राभल एण्ड टुर्सका सञ्चालक विरुद्ध आज विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । 

हज समितिको सचिवालयले २०७४ जेठ ११ मा प्रकाशित सार्वजनिक सूचनाअनुसार रीतपूर्वक दर्ता हुन आएका बोलपत्रमध्ये कम अङ्कमा कबोल गर्नेलाई पाखालगाई बढी अङ्क पेश गर्नेसँग घुस लिई स्वीकृति दिएको भन्दै अख्तियारले उनीहरु विरुद्द आरोपपत्र दायर गरेको हो । 

अख्तियारले हज कार्यसम्पादन उपसमितिका अध्यक्ष मोहम्मद शोऐब, उपसमितिका सदस्य अताबुल अन्सारी, मोहम्मद ईब्राहिम राइन, महमद जबारदिन मियाँ, जमिला मियाँ, मोमिना वानु मुस्लिम, मजिबुल शेष, हजसमिति सचिवालयका सदस्यसचिव भीमराज पोखरेल, लेखापाल तीलकराज पन्त र हिना ट्राभल्स एण्ड टुर्स प्रालिका सञ्चालक दाउद हुसैनविरुद्ध जनही ३८ लाख बिगो माग दाबी गर्दै आरोपत्र दायर गरेको छ ।

ट्राभल्सले पेश गरेको बोलपत्र जमानतवापतको रु ३८ लाख जफत गर्नुपर्नेमा बोलपत्र जमानत तथा कार्यसम्पादन जमानतसमेत फुकुवा गरेर उनीहरुले मिलेमतोमा गैरकानूनी निर्णय कार्यान्वयन गरेर सार्वजनिक सम्पत्तिको हिनामिना र भ्रष्टाचारजन्य कार्य गरेको पुष्टि भएको आयोगले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक