२०८२, १० फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सप्तरी - SPT

पाँच वर्षीया बलात्कृत

२०७६, ३१ जेष्ठ शुक्रबार ०२:२१

जेठ ३१, सप्तरी । सप्तरीमा पाँच वर्षीया बालिका बलात्कृत भएको आरोपमा १३ वर्षीय बालक पक्राउ परेका छन् । मामाघरमा बस्दै आएका बालकले ललाइफकाई बिस्कुट खान दिई आफ्नै कोठामा गत शनिबार बलात्कार गरेको घटना सार्वजनिक भएको छ ।

बालिकाले पेट दुख्ने गरेको बताएपछि उहाँकी आमाले उपचारका लागि गत सोमबार कञ्चनरुप नगरपालिकास्थित धर्मेश्वर अस्पताल ठेलिया लानुभएको थियो । अस्पतालका चिकित्सकले जाँच गर्दा बलात्कारको शङ्का लागि प्रहरीलाई खबर गरेपछि घटना सार्वजनिक भएको हो । 

चिकित्सकले खबर गरेलगत्तै अस्पताल पुगेका इलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्राले पीडितको स्वास्थ्य परीक्षण राजविराजस्थित गजेन्द्रनारायणसिंह अस्पतालमा गराएको बताउनुभयो । आरोपितविरुद्धको उजुरी दर्ता गर्दै आरोपित बालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रनाउ मिश्राले जानकारी दिनुभयो ।

मुलुकी अपराध (संहिता) ऐन, २०७४ को दफा २१९ को उपदफा २ को (ग) अनुसार अन्य कुनै वस्तु योनीमा प्रवेश गराएमा पनि जबर्जस्ती करणी गरेको मानिने भएकाले जबर्जस्ती करणीको उजुरी दर्ता गरी कारवाही थालिएको प्रहरीले जनाएको छ ।

 बलात्कार आरोपमा पक्राउ

किशोरीमाथि सामुहिक बलात्कार भएको आरोपमा सप्तरी प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । सप्तरीको तिरहुत गाउँपालिका–४ का ३० वर्षीय मोहम्मद इद्रिस र १५ वर्षीय एक किशोरलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्राले बताउनुभयो ।

प्रहरी नायब उपरीक्षक मिश्राका अनुसार पीडितकी आमाले इलाका प्रहरी कार्यालय कञ्चनरुपमा दिएको उजुरीका आधारमा आरोपितलाई पक्राउ गरी थप अनुसन्धान थालिएको छ । 

शौचालयका लागि आइतबार राति घरबाट निक्लिएकी किशोरीलाई नियन्त्रणमा लिई एकान्त बगैँचामा लगेर बलात्कार गरेको पीडितले बताइन् । पीडितको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ ।

डुबेर मृत्यु

हनुमाननगर कङ्कालिनी नगरपालिका–६ जोगिनिया बस्ने १२ वर्षीय एक बालकको बिहीबार डुबेर मृत्यु भएको छ । कोशी नदीमा नुहाउने क्रममा डुबेर बेहोस भएका १२ वर्षीय आशिक मन्सुरीको उपचारका क्रममा विहीबार दिउँसो बजे स्थानीय मेडिकलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ । उनी कोशी नदीको बगरमा गाई चराउन गएका बेला नुहाउन कोशी नदीमा पसेका थिए ।

 सुनसरीको हरिनगर गाउँपालिका–१ बस्ने मोहम्मद जिबराइल मन्सुरीका छोरा आशिक सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–६ जोगिनियास्थित मामा इशाक मियाँको घरमा बस्दै आएका थिए । मृत्युको खबर पाएपछि घटनास्थल पुगेको प्रहरी टोलीले प्रारम्भिक अनुसन्धान गर्दै थप अनुसन्धान थालेको जनाएको छ ।

 भाइबुहारीमाथि कैँची प्रहार

बोदे बसाइन नगरपालिका–२ की ३५ वर्षीया प्रतिभा यादव र उनका श्रीमान् ४० वर्षीय दीपेन्द्रप्रसाद यादवलाई दीपेन्द्रका दाजु सोही ठाउँका ४६ वर्षीय ज्ञानेन्द्रप्रसाद यादवले कैँची प्रहार गरी गम्भीर घाइते बनाएका छन् । ज्यान मार्ने उद्योग गरेको आरोपमा प्रहरीले ज्ञानेन्द्रलाई हिजो पक्राउ गरेको जनाएको छ । 

घरायसी विवादमा ज्ञानेन्द्रसहित उनकी श्रीमती ४५ वर्षीया नीलमदेवी यादव, छोराहरु २३ वर्षीय अभिषेककुमार यादव र २१ वर्षीय निमेशकुमार यादवले गत शनिबार राति धारिलो हतियार कैँचीले आक्रमण गरी ज्यान मार्ने उद्योग गरेको भन्दै पीडित पक्षले इलाका प्रहरी कार्यालय कल्याणपुरमा उजुरी दिएका थिए । इलाका प्रहरी कार्यालय कल्याणपुरले ज्यान मार्ने उद्योगको उजुरी दर्ता गरी ज्ञानेन्द्रलाई पक्राउ गरेको जनाएको छ ।

प्रहरीका अनुसार घाइते प्रतिभाको टाउको र दाहिने कोखामा गम्भीर चोट लागेको छ भने दीपेन्द्रको टाउको, छाती, पिठ्युँलगायत शरीरका विभिन्न भागमा चोट लाग्नुका साथै पिठ्युँबाट कैचीको दुई फलामको टुक्रा निकालिएको छ । घाइतेको हाल नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको कल्याणपुर प्रहरीले जनाएको छ । अन्य आरोपी फरार छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा