२६ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

चरन क्षेत्र नहुँदा भेडा व्यवसायी समस्यामा

३२ जेष्ठ २०७६, शनिबार ०२:०४

जेठ ३२, दार्चुला । भेडाबाख्रा चराउन जिल्लामा चरन क्षेत्र घट्दै गएपछि भेडाबाख्रा व्यवसायी समस्यामा परेका छन् । वर्षौंदेखि भेडापालन व्यवसाय गर्दै आएका भेडापालक कृषक वन जङ्गल चरिचरन क्षेत्र अभावमा पेशाबाटै पलायन हुने अवस्थामा पुगेका हुन् ।

“भेडाबाख्रा चराउन वन जङ्गल छैन । गाउँ घरमा रहेका साना वनमा वर्षभरि चराउने सकिने अवस्था नभएपछि समस्यामा छौँ,” महाकाली नगरपालिका–६ का भेडा व्यवसायी लोकेन्द्रसिंह बोहराले भन्नुभयो । “१०÷१२ वर्षदेखि भेडापालन व्यवसायमा लागेको छु”, उहाँले भन्नुभयो, “वनजङ्गल छैन । गाउँमा चराउन मिल्दैन । गत वर्ष झण्डै १५० को हाराहारीमा भेडा थिए । बिक्री गरिसकेँ”, उहाँले भन्नुभयो, “अहिले ३० जति मात्रै पालेको छु । यति भेडाबाख्रा चराउन पनि वन छैन । गाउँमा वन नहुँदा अहिले भेडाबाख्रा चराउन व्यास गाउँपालिकाको वडा नम्बर १ नाम्पा हिमाल ल्याएको छु”, उहाँले भन्नुभयो । 

भारतीय बाटो भएर नाम्पा हिमालसम्म बाख्रा चराउन ल्याइएको छ । बाटोमा ल्याउँदा निकै झण्झटिलो हुने बोहोराले सुनाउनुभयो । नेपालबाट भारतमा ल्याउँदा भन्सार, पशु विभाग र तोक लगाएबापत ११० भारतीय रुपैयाँ खर्च हुन्छ । अझ नाम्पा क्षेत्रमा चरिचरन बापत प्रतिबाख्रा कति रुपैयाँ तिर्नुपर्छ भन्ने थाहा नभएको बतायएको छ । गत वर्ष अपि नाम्पा संरक्षण क्षेत्र र स्थानीयले सामुदायिक वनबापत दोहोरो शुल्क लिएका थिए । अहिले अपि नाम्पा संरक्षण क्षेत्रले रकम लिएको छैन तर स्थानीयले के गर्ने हुन जानकारी छैन । 

गाउँबाट एकसाता लगाएर उक्त ठाउँमा भेडाबाख्रा लिएर भेडापालक गएका छन् । टाढा टाढा मात्रै वन जङ्गल छ । नाम्पा हिमाल क्षेत्रमा मात्र तीनदेखि पाँच हजार भेडा चराउने गरेका छन् । अपि फेद नाम्पा कौवा लेक हिमाल क्षेत्रमा अहिले भेडाबाख्रा चरिचरन खुला छ । 

अर्का व्यवसायी गम्भीरे धामीले भन्नुभयो, “विगतमा हजारौँ भेडाबाख्रा थिए अहिले ६०० मा झारेको छु । यही भेडाबाख्रा पनि कहाँ लगेर पाल्ने भन्ने चिन्ता छ । अहिले गाउँको गर्मी छल्न लेकतिर लिएर पालन गरेका छौँ । लेकबाट ल्याएर बिक्री गर्नुपर्छ ।” अधिकांश ठाउँमा सामुदायिक वनमा भेडाबाख्रा चराउन बन्द गरेपछि समस्या भएको भेडापालक किसानको भनाइ छ । भेडापालनबाट आम्दानी भए पनि चरिचरन अभावले समस्या भएको उनीहरुको गुनासो छ । अहिले जिल्लामा भेडा रु १० हजारदेखि १५ हजारसम्ममा बिक्री हुने गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला