२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

धापासीको नेचर क्लबमा रहेको स्वीमिङ पुलमा डुबेर एकको मृत्यु, परिचय खुलेन

२०७६, २ असार सोमबार ०९:४९

असार २, काठमाडौं । काठमाडौँको टोखा नगरपालिकाको धापासीमा ‘स्वीमिङ पुल’ मा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेको सनाखत भईसकेको छैन ।

महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका अनुसार नेचर क्लबमा रहेको स्वीमिङ पुलमा डुबेर आइतबार अपरान्ह ४ बजे गम्भीर घाइते भएका व्यक्तिको उपचारका क्रममा मृत्यु भएको हो । महाराजगंज प्रहरीले घटनापछि उक्त व्यक्तिको मृत्यु भएपछि मात्र खबर पाएको जनाएको छ । 

प्रहरीले अहिले मृतकको परिचय पत्ता लगाउनका लागि विभिन्न प्रहरी युनिटमा हुलिया परिपत्र गरेको छ । उक्त व्यक्ति चप्पल लगाएर आएको कारण नजिकैको हुन सक्ने अनुमान लगाइएको छ । प्रहरीका अनुसार कोहि हराएको भन्ने खबर समेत नआएको कारण पनि उनको परिचय खुल्न सकेको छैन ।

मृतकको सनाखत भएपछि मात्रै पोष्टमार्टम गरिने प्रहरीले जनाएको छ । मृत्युको कारण पनि त्यसपछि मात्र खुल्ने प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना