१४ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

नयाँ वर्षसंगै खर्वाङमा इकाई प्रसुति केन्द्र संचालन हुने

७ चैत्र २०७२, आईतवार १८:१७

bag news

कमल पौडेल । चैत्र ७, बागलुङ (खर्वाङ) । बागलुङको पश्चिम खर्वाङ बजारमा पहिलो पटक इकाई प्रसुति केन्द्र संचालन हुने भएको छ। आइतवार जिल्ला जनस्वास्थ्य कार्यालय वागलुङका प्रमुख तथा वरिष्ठ जनस्वास्थ्य प्रशिक्षक महेश्वर श्रेष्ठको विशेष उपस्थितिमा भएको सरोकारवालाहरुको वैठकले नयाँ वर्ष सँगै सो प्रसुति केन्द्र संचालन गर्ने निर्णय गरेको हो ।

सोहि वमोजिम मित्र वहादुर पुनको अध्यक्षतामा ७ सदस्यिय प्रसुति केन्द्र व्यावस्थापन तथा संचालन समिति गठन गरिएको छ । जसको सचिवमा होसियार सिंह थापा, कोषाध्यक्षमा डिप्लोमा खरेल, सदस्यहरुमा विष्णुमाया अर्याल, प्रेम पुन, सिता खरेल तथा मना राना रहनु भएको छ। त्यस्तै वैठकले गाविस अध्यक्ष एवं सचिव गिता पौडेलको संयोजकत्वमा सुवेदार रत्न वहादुर क्षेत्रि, विष्णु भुसाल, नारायण धिताल, भिमलाल पोखरेल, विना थापा र कोपिला थापा रहेको सल्लाहकार समिति पनि गठन गरेको छ। दगातुन्डाडा गाविस तथा स्थानिय श्रोतवाट ३ कोठे भवन व्यावस्थापन गर्ने तथा जिल्ला जनस्वास्थ्य कार्यालले प्राविधिक सामाग्री उपलब्ध गराउने र २४ घण्टे प्रसुति केन्द्र को लागी स्थानियले १ र स्वास्थ्य कार्यालयले १ गरी २ जना स्वास्थ्यकर्मि रहने गरि प्रसुति केन्द्र संचालन गर्ने निर्णय भएको छ। र सोहि वमोजिम आजै कोठा व्यावस्थापनको लागी ठेक्का दिइसकिएको अध्यक्ष मित्र वहादुर पुनले जानकारी दिनुभएको छ।

कार्यक्रममा वरिष्ठ जनस्वास्थ्य प्रशासक महेश्वर श्रेष्ठ, गल्कोट प्रथमिक स्वास्थ्य केन्द्रका डाक्टर त्रिभुवन भण्डारी, दगातुन्डाडा गाविसका पूर्व अध्यक्ष मित्र वहादुर पुन, नेपाली काग्रेसका सुवेदार रत्न वहादुर क्षेत्रि, एमालेका विष्णु भुसाल लगाएत दगातुन्डाडामा क्रियाशिल सरकारी तथा गैरसरकारी एवं स्वास्थ्य संग सम्बद्ध व्याक्तिहरुको सहभागिता रहेको थियो । कार्यक्रम दगातुन्डाडा स्वास्थ्य चौकी संचालन तथा व्यावस्थापन समितिका अध्यक्ष एवं गाविस सचिव गिता पौडेलको अध्यक्षता तथा स्वास्थ्य चौकी इन्चार्ज यान श्रेष्ठको संचालनमा सम्पन्न भएको थियो ।

प्रसुति केन्द्र संचालन पछि दगातुन्डाडा, लगाएत ग्वालीचौर, रिघा, सिसाखानी का साथै गुल्मीको मुसिकोट, वामी, वडागाउँ लगाएतका वासिन्दा प्रत्यक्ष लावान्भित हुने वताइएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल