थापाको १६ औं दिनको पुण्य तिथिमा शोकसभा सम्पन्न

Posted on: 24 Mar, 2016

कमल पौडेल/ चैत ११, बागलुङ (खरवाङ) । नेकपा एमाले दगातुन्डाडाको आयोजनामा पार्टिका संगठित सदस्य निर्मला पुलामी थापाको १६ औं दिनको पुण्य तिथिमा श्रद्धाञ्जली सभा दगातुन्डाडा १ ओवाङमा सम्पन्न भएको छ। सभामा बोल्ने वक्ताहरुले थापाको योगदानको चर्चा गर्दै दिवाङ्गत आत्मको चिरशान्तिको कामना गर्दै शोकाकुल परिवार जनप्रति गहिरो समवेदना व्यक्त गरेका थिए । कार्यक्रममा ने.क.पा. एमाले जिल्ला कमिटि बागलुङका सदस्य विना थापा, क्षेत्रिय कमिटि सदस्य इश्वर थापा, वार्ड कमिटि अध्यक्ष बोम वहादुर सलामी, अनेरास्ववियू जिल्ला सदस्य दिनेश थापा लगाएतले शोक मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम नेकपा एमाले गाउँ कमिटि दगातुन्डाडा का अध्यक्ष रेम वहादुर भुजेलको अध्यक्षता एवं सचिव आकाश शर्माको संचालनमा सम्पन्न भएको थियो । baglung sajhasabal 1 निर्मलाको ४४ वर्षको अल्पआयुमै यहि फागुन २५ गते उपचारकै क्रममा काठमाडौंमा निधन भएको थियो । विद्यार्थी जिवन देखिनै कम्यूनिष्ट राजनितिमा लागेकी निर्मला एमालेका जनवर्गिय संगठनहरुमा सक्रिय हुनुहुन्थ्यो । विवाह नगरेकी निर्मला, सिद्धपुर प्राथमिक विद्यालय दगातुन्डाडा २ मा स्थायी शिक्षकको रुपमा कार्यरत हुनुहुन्थ्यो ।

baglung sajhasabal 2 यसै विच परिवारको सहयोगमा विद्यालयमा ६० हजार वरावरको निर्मला स्मृति अक्षय कोषको स्थापना गरिएको छ। अक्षयकोषवाट प्राप्त व्याज रकमले हरेक वर्ष फागुन २५ गते गरिव तथा जेहन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिने प्रधानाध्यापक इश्वर थापाले जानकारी दिनुभएको छ।

baglung sajhasabal 3

baglung sajhasabal 4

यस बिषयमा तपाइको प्रतिक्रिया...!