२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

५९ औं राष्ट्रिय सहकारी दिवस विविध कार्यक्रम सहित सम्पन्न

२० चैत्र २०७२, शनिबार १५:२६

Sarsafaiकमल पौडेल । चैत्र २०, बागलुङ (खर्वाङ) । आर्थिक विकास र सामाजिक रुपान्तरणका लागी सहकारी भन्ने नाराका साथ ५९ औं राष्ट्रिय सहकारी दिवस, दगातुन्डाडामा भएका सहकारीहरुले खर्वाङ बजार सरसफाई गरि मनाएका छन् ।

नव प्रतिभा वचत तथा ऋण सहकारी संस्था, दिदि वहिनि वचत तथा ऋण सहकारी संस्था, मिलन व्यावसायीक कृषि सहकारी संस्था र सारथी संचार सहकारी संस्थाको संयुक्त अगुवाईमा सो वजार सरसफाई गरिएको हो । दगातुन्डाडाको वार्ड नं. ७ को खारपानी देखि खर्वाङ बजार हुँदै वडा नं. ६ को हाँडिखोला वजार सम्म गरिएको सरसफाईमा दगातुन्डाडा गाविस सचिव एवं अध्यक्ष गिता पौडेल, दगातुन्डाडामा क्रियासिल राजनैतिक दलका प्रतिनिधि, सरकारी तथा गैर सरकारी संस्थाका प्रतिनिधि, प्रहरी, पत्रकार तथा स्थानिय लगाएतको सहभागिता रहेको थियो । सरसफाई कार्यक्रमपछि भएको कोण सभालाई सम्बोधन गर्दै गाविस सचिव एवं अध्यक्ष गिता पौडेलले बजारको सरसफाईलाई स्थानिय द्धारा निरन्तरता दिनु पर्ने वताउनु भएको थियो । कोणसभाको नव प्रतिभा वचत तथा ऋण सहकारी संस्थाका सचिव दुर्गा अर्यालले संचालन गर्नुभएको थियो ।

यसैविच सारथी संचार सहकारी संस्थाले सनिवार विहान एक प्रेस विज्ञप्ती जारी गर्दै सहकारी अभियान वाट मात्रै देश सम्बृद्ध वन्न सक्ने वताइएको छ। सहकारीका अध्यक्ष विष्णु प्रसाद भुसाल द्धारा हस्ताक्षरित विज्ञप्तीमा सहकारी आन्दोलनलाई आजको अवस्थामा ल्याउने सवै प्रति धन्यवाद व्यक्त गरिएको छ। विज्ञप्ती मार्फत भुसालले सबैलाई सहकारी आन्दोलनमा सरिक हुन आग्रह समेत गर्नुभएको छ।

Sarsafai 2

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य