२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जाजरकोट - JKT

जाजरकोटमा बन्ने भयो आधुनिक अस्पताल

४ असार २०७६, बुधबार ०९:१७

असार ४, जाजरकोट । भौतिक पूर्वाधारको अभावमा चिरापरेको भवनमा सेवा दिँदै आएको जाजरकोट अस्पताल अब आधुनिक बन्ने भएको छ । अस्पताल निर्माणका लागि विस्तृत योजना प्रतिवेदन (डिपिआर) तयार भएपछि  करीब रु ३३ करोडको लागतमा नयाँ भवन  निर्माणका  लागि सुर्खेतस्थित शहरी विकास मन्त्रालयको सङ्घीय आयोजना कार्यान्वयन एकाइले जिल्ला अस्पतालको भवनसहित अन्य पूर्वाधार निर्माणका लागि गत सोमबार बोलपत्र आह्वान गरेको थियो । विसं२०३३ मा निर्माण गरिएको जीर्ण भवनमा अस्पतालले  सेवा दिइरहेको थियो । 

नयाँ भवन निर्माण हुँदा सेवा अवरुद्ध नहोस् भनेर  कर्णाली प्रदेश सरकारले  वैकल्पिक भवन निर्माणका लागि चालु आर्थिक वर्षमा रु ४९ लाख उपलब्ध गराएकाले निर्माण कार्य जारी रहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष धर्मशिला बस्नेतले जानकारी दिनुभयो । भवन अभावका कारण ५० श्ययाको उक्त अस्पतालले  मुस्किलले २५ श्ययाको मात्र सेवा उपलब्ध गराउँदै आएको थियो । 

अब नयाँ भवन निर्माण र अहिले बन्दै गरेको भवन निर्माण कार्य पूरा भएमा सेवा प्रवाह सजिलो हुने मात्र होेइन बिरामी राख्नसमेत सहज हुने देखिएको अध्यक्ष बस्नेतले बताउनुभयो । 

जाजरकोट , रुकुम र डोल्पा जिल्लाका बासिन्दाको उक्त अस्पतालमा भीड लाग्ने गरेको छ । यसअअघि निर्माण व्यवसायीले निर्माण गर्र्दा बीचमै छाडेर लथालिङ्ग बनाएका अस्पातलको प्रसूतिगृहलगायत भवनहरु अहिले अस्पतालकै पहलमा निर्माण गर्न लागिएको छ । एक महीनाअघि वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले यहाँ आधुनिक अस्पताल निर्माण गरिने प्रतिवद्धता जनाउनुभएको थियो । 

त्यसैगरी जिल्लाका दल्ली, छेडागाड, गर्खाकोटमा समेत स्वास्थ्य चौकी भवन निर्माणका लागि काम भइरहेको उहाँले जानकारी दिनुभएको थियो ।क्षमता विस्तारसँगै नयाँ उपकरण र चिकित्सकहरुको व्यवस्थापन भएसँगै उक्त अस्पतालको स्वरूप परिवर्तन भएको छ । त्यस्तै भेरी नगरपालिकाको सहयोगमा आधुनिक लेखा तथा व्यवस्थापन उपकरण उपलब्ध भएपछि अस्पतालमा हुँदै आएका आर्थिक अनियमितता नियन्त्रण भएको छ । 

यसै वर्षदेखि जाजरकोटमा बहुप्राविधिक शिक्षालयमार्फत स्वास्थ्य क्षेत्रका विभिन्न कक्षा सञ्चालन गरिने भएको छ । जाजरकोट अस्पतालको समन्वय र सहकार्यमा सो शिक्षालय स्थापना भएको हो । अहिले बर्खायाममा जिल्लाका कुनै पनि स्वास्थ्यकर्मीको सरुवा, काज सरुवाजस्ता क्रियाकलाप  बन्द गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य