2026-07-24 07:43 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियन एयरलाइन्सको विमान खसालेको आरोपमा चार जना दोषी ठहर

असार ५, नेदरल्यान्डस्,। मलेसियन एयरलाइन्स एमएच१७ को विमान खसालेको सम्बन्धमा छानबिन गरिरहेका अनुसन्धानकर्ताहरुले तीन जना रुसी र एक जना युक्रेनियाली नागरिकलाई दोषी ठहर गरेको छ । 

युक्रेनको आकाशमा उडिरहेको उक्त विमान पाँच वर्षअघि गोली हानी खसाल्दा विमानमा यात्रारत सबै २९८ जनाको मृत्यु भएको थियो ।

अर्को वर्ष मार्चदेखि दोषी ठहर गरिएका सैनिक तथा जासुसी कार्यमा संलग्न चारै जनामाथि नेदरल्यान्ड्समा मुद्दा चलाइनेछ । तर रुसी र युक्रेनी दुबै मुलुकले चार व्यक्तिलाई नेदरल्यान्ड्स सुपुर्दगी गर्न अस्वीकार गरेका कारण अनुपस्थितिमै मुद्दाको सुनुवाई हुनेछ ।

रुसले विमान खसालिएको सम्बन्धमा आधारहीन आरोप लगाएको भन्दै आफ्ना नागरिक निर्दोष रहेको जनाएको छ । उक्त विमान नेदरल्यान्ड्सको आम्स्टर्डमबाट मलेसियाको क्वालालम्पुर जाँदै थियो । रुस समर्थित विद्रोहीको नियन्त्रणमा रहेको पूर्वी युक्रेनको आकाशमा उक्त विमानलाई क्षेप्यास्त्र प्रहार गरी खसालिएको थियो ।

नेदरल्यान्ड्सको अनुसन्धान टोलीको सिफारिस बमोजिम दोषी ठहर गरिएका चारै जनाविरुद्ध अन्तर्राष्ट्रिय पक्राउ पूर्जी जारी गरिएको छ । दोषी ठहर गरिएका रुसी नागरिकहरुमा आइगोर गर्किन, सर्गेइ डुबिन्स्की र ओलेग पुलाटोभ तथा युक्रेनी नागरिक लियोनिद खार्चेन्को रहेका छन् ।

दोषी ठहर गरिएका चारै जना डोनेस्क पिपुल्स रिपब्लिकका पृथकतावादी सैनिक तथा जासुसी नेताहरु रहेका छन् ।

नेदरल्यान्ड्सका अनुसन्धाता फ्रेड वेस्टरबेकले पूर्वी युक्रेनमा रुसबाट अत्याधुनिक बियुके क्षेप्यास्त्र प्रणाली भित्र्याउन ती चार व्यक्ति मुख्यरुपमा जिम्मेवार रहेको बताउँदै तर उनीहरुले नै क्षेप्यास्त्र प्रहार गरेको भने पुष्टी हुन बाँकी रहेको जानकारी दिनुभयो । 

“हामी ती चार जनालाई सुपुर्दगी गर्नुपर्छ भन्दैनौं किनभने रुस र युक्रेनको कानुनमै आफ्ना नागरिक सुपुर्दगी गर्ने प्रावधान छैन । तर हामी यस अनुसन्धानमा दुबै मुलुकले सहयोग गर्नुपर्नेमा जोड दिइरहेका छौं,” फ्रेडले बताउनुभयो । 

एमएच१७ मा यात्रारत व्यक्तिका आफन्तहरुले दोषीमाथि कारबाही गर्न गरेको सिफारिसलाई स्वागत गरेका छन् । रासस/एएफपी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक